पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत « Khabarhub

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समयसम्म कायम रहन नसक्ने बताएका छन् ।

आइतबार कांग्रेस इत्तर पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले स्थानीय निर्वाचनपछि कार्यकर्ताको दबाबका कारण पार्टीका दुवै समुहबीच एकता हुने र मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए  । 

नेता बस्नेतले पार्टीभित्र देखिएको वर्तमान अवस्थाबारे कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले पार्टीका नेता तथा कार्यकर्ताबीचको सम्बन्ध र संगठनप्रतिको प्रतिबद्धताले आगामी दिनमा पार्टीको दिशा तय गर्ने धारणा राखे । 

नेता बस्नेतले कार्यकर्ताको दबाब र चाहनाअनुसार पार्टीभित्रका दुवै समूह एक ठाउँमा आउनुपर्ने अवस्था सिर्जना हुने दाबी गरे । 

उनले आपसी मतभेदलाई निरन्तरता दिनुभन्दा संवाद र सहकार्यका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए नेता बस्नेतले स्थायी निर्वाचनपछि उत्पन्न हुने राजनीतिक परिस्थितिले पार्टीका दुवै समूहलाई पुनः सहकार्यको अवस्थामा पुर्‍याउने दाबी गरे । 

कार्यकर्ताको दबाब बढ्दै गएपछि दुवै समूहबीच मिलन अपरिहार्य हुने उनको भनाइ थियो ।

उनले पार्टीको संगठनलाई बलियो बनाउन नेता तथा कार्यकर्ताबीच निरन्तर संवाद, सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ५ : ३९ बजे

नारायणी पुल अचानक बन्द हुँदा हजारौँ यात्रु रोकिए (तस्बिरहरू)

काठमाडौं– नारायणी माथिको पुलमा आवतजावत बन्द हुँदा हजारौ यात्रु प्रभावित

भारतमा बाढीपहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित

नयाँ दिल्ली- उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि परेको

फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

कास्की– पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपत्कालीन तथा शीघ्र उद्धारका

सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध

काठमाडौं- सोह्र श्राद्धको पहिलो दिन आज पशुपतिनाथ क्षेत्रमा छ सयभन्दा