काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ नको चुनौती दिएको छ । चितवनले तीन विकेटको क्षतिमा १५७ रन बनाएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले टस जितेर बलिङ रोजेपछि चितवन राइनोजले पहिले ब्याटिङ गरेको हो।
चितवनका लागि डेबिड मलानले सर्वाधिक ७० रन बनाए । ५० बलको सामना गर्दा पाँच चौका र पाँच छक्काको मद्दतमा उनले ७० रन जोडेका हुन् । कप्तान रवि बोपाराले २७ बलमा ३१ र ड्यान माउस्लीले २० बलमा २७ रन बनाए । उसका लागि देव खनालले १२ रन जोड्दा अर्जुन साउद ३ रनमा आउट भए ।
विराटनगरका लागि आन्द्रे रसेल, एन्जेलो म्याथ्यूज र चरित असालंकाले एकएक विकेट हात पारे । केही बेरमा विराटनगरले जवाफी ब्याटिङ गर्नेछ । एनपीएल यो सिजनको पहिलो खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराउँदै विजयी सुरुवात गरिसकेको छ ।







































प्रतिक्रिया