तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा « Khabarhub

तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा परेका छन् । 

 एक महिनाको अवधिमा  कारबाहीमा  परेकाबाट प्रहरीले ३३ लाख ८६ हजार ५०० रकम राजश्व संकलन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका  प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । 

उनका अनुसार असोजमा सुदूरपश्चिममा २३५ वटा सवारी दुर्घटना भएका थिए । जसमा १२ जनाको मृत्यु भएको थियो भने ३६३ जना घाइते भएका थिए । दुर्घटनामा ३२१ सवारी संलग्न रहेका थिए । विष्टका अनुसार २०८ वटा दुर्घटना चालकको कारण भएका छन् भने छ वटा मादक पदार्थ सेवनका कारण भएका छन् । 

त्यसैगरी, सवारीसाधनका कारण नौ वटा, यात्रुको कारण एक वटा, पैदलयात्रुको कारण दुई वटा, चौपायाको कारण पाँच वटा र सडकको कारण चार वटा दुर्घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । 

‘प्रहरीले सवारीको यान्त्रिक परीक्षण गर्ने कार्यक्रमको सुरुआत गरेको छ’, विष्टले भने। 
 
प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएर दुई करोड २० लाख छ हजार मूल्य बराबरको भन्सार छली गरेर ल्याएको सामान नियन्त्रणमा लिएको छ । 
प्राकृतिक सम्पदा दोहनमा संलग्न पाँच जना मानिस र २८ वटा सवारीसाधन बरामद गरी तीन लाख ३४ हजार ९०० रुपैयाँ जरिवाना असुल गरिएको छ । 

यसमा संलग्न नौ जना मानिसलाई पक्राउ गरिएको छ । अवैध वन पैदावार चोरीमा ६२ क्युफिट काठ बरामद गरेर तीन लाख १५ हजार राजश्व संकलन भएको छ । अवैध पशुपन्छी नियन्त्रणबाट प्रहरीले ११ लाख १२ हजार ३०० रुपैयाँ राजश्व संकलन गरेको छ । 

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  १ : २५ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र