चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती « Khabarhub

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ नको चुनौती दिएको छ । चितवनले तीन विकेटको क्षतिमा १५७ रन बनाएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले टस जितेर बलिङ रोजेपछि चितवन राइनोजले पहिले ब्याटिङ गरेको हो।

चितवनका लागि डेबिड मलानले सर्वाधिक ७० रन बनाए । ५० बलको सामना गर्दा पाँच चौका र पाँच छक्काको मद्दतमा उनले ७० रन जोडेका हुन् । कप्तान रवि बोपाराले २६ बलमा ३२ र ड्यान माउस्लीले २२ बलमा २९ रन बनाए । उसका लागि देव खनालले १२ रन जोड्दा अर्जुन साउद ३ रनमा आउट भए ।

विराटनगरका लागि आन्द्रे रसेल, एन्जेलो म्याथ्यूज र चरित असालंकाले एकएक विकेट हात पारे । केही बेरमा विराटनगरले जवाफी ब्याटिङ गर्नेछ । एनपीएल यो सिजनको पहिलो खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराउँदै विजयी सुरुवात गरिसकेको छ ।

यस्तै, आजै अपराह्न साढे ४ बजे हुने खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्ने छन् । जनकपुरको नेतृत्व कप्तान हर्मित सिंह र कर्णालीको नेतृत्व सोमपाल कामीले गर्दै छन् ।

सोमबारदेखि सुरु भएको एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । एनपीएल समूह चरणका खेलहरु कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् ।

यस पटकको एनपीएलमा केही नयाँ सुविधा थपिएका छन् । एनपिएलमा पहिलो पटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डिआरएस)को व्यवस्था गरिएको छ । यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पहिलोपटक एनपीएललाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरस्कार राशि पनि वृद्धि गरेको छ । प्रतियोगितामा उपाधि विजेता टोलीले एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीलाई ८० लाख रुपैयाँ प्रदान गरिने क्यानले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  २ : ०८ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली