व्यावसायिक केरा खेती : एघार लाख आम्दानी « Khabarhub

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् । पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक एघार लाख आम्दानी गर्दै आएका छन् । पङ्गेनीले  थातथलोमा व्यावसायिक केरा खेती गरेर उक्त आम्दानी गर्न सफल भएका हुन् । 

एक रोपनी क्षेत्रफलमा १०० केराका बिरुवा लगाएर सुरु गरेको व्यवसायलाई विस्तार गर्दै अहिले ६१ रोपनी क्षेत्रफलमा छ हजार १०० केराका बिरुवा लगाएका छन्।

कालीगण्डकी नदीको किनारमा अवस्थित खेतमा केराको उत्पादन राम्रो हुने ठानेर गरेको खेती अहिले निक्कै फस्टाएर गएको छ । 

‘व्यावसायका क्रममा मैले धेरै क्षेत्रमा हात हाले’, उनले भने, ‘सबैभन्दा खुसी र सन्तुष्टि मलाई यही केरा खेतीबाट मिलेको छ ।’

सुरुमा स्थानीय ‘मालभोग’ र ‘जि नाईन’ प्रजातिको केरा लगाउनुभएका पङ्गेनीले हाल जि नाईन जातको केरा हटाएर स्थानीय मालभोगमात्रै लगाए। 

केराबाट राम्रो आम्दानी हुन थालेपछि धान तथा मकै खेती हुँदै आएको जमिनमा केरा खेती विस्तार गरेको उनले बताए ।

 ‘अन्य खेतीभन्दा केरा खेती सहज लाग्यो, उत्पादित केराको बजारको माग पनि उच्च रहेकाले केरा खेती थालेको हुँ ।’ उनले भने, ‘आफ्नो १३ रोपनी र बाँकी अरुको जग्गा बन्धकी र भाडामा लिएर ६१ रोपनी क्षेत्रफलमा केरा खेती छ ।’

यहाँ उत्पादन भएको स्थानीय जातको मालभोग केरा अन्य केराभन्दा ठुलो, आकर्षक र विषादीरहित तरिकाले पकाएर बिक्री गर्ने भएकाले पनि स्थानीय बजारमा अत्यधिक खपत हुने गरेको उनले बताए।

विषादी तथा अखाद्य व्स्तुको प्रयोग गरेर केरा नपकाउने र अर्गानिक केरा भएकै कारण पनि स्थानीय चापाकोट बजारमा केरा बिक्री हुँदै आएको छ । 

राम्रो र ठुला कोसा भएको केरा प्रतिदर्जन रु २०० र साना कोसा भएका केरा प्रतिदर्जन १५० का दरले बिक्री हुने गरेको छ । 

‘खेतमा रहेका छ हजार २०० बोटमध्ये अहिले दुई हजार २०० बोटले उत्पादन दिन्छन्’, उनले भने, ‘यी बोटहरुबाट उत्पादन भएका केरा बिक्रीबाट वार्षिक एघार लाख बढी आम्दानी हुँदै आएको छ ।’

खेतमा भएका सबै बोटले उत्पादन दिनथालेपछि वार्षिक तीस लाख बढी आम्दानी हुने लक्ष्य उनको छ । 

घरपरिवारले रेखदेख गर्दै आएको उक्त केरा खेतीमा गोडमेललगायत समयमा भने स्थानीयलाई रोजगारीसमेत हुने गरेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  १ : ३४ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र