बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु « Khabarhub

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र गतिमा आएको ट्रकले बसबाट ओर्लिएर सडक किनारमा पर्खिरहेका यात्रुलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका वरिष्ठ अधिकारी इस्लामका अनुसार ढाका–चट्टोग्राम राजमार्गअन्तर्गत सिताकुन्डामा एउटा बसमा प्राविधिक खराबी आएपछि यात्रुहरू गाडीबाट ओर्लिएर सडक किनारमा पर्खिरहेका थिए । सोही क्रममा मङ्गलबार बिहान करिब १ः३० बजे दुर्घटना भएको हो ।

‘तीव्र गतिमा आएको ट्रकका चालकले नियन्त्रण गुमाउँदा यात्रुहरूको समूहलाई ठक्कर दिएको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भयो,’ उनले सिन्ह्वालाई बताए। 

उनका अनुसार अन्य दुई जनाको अस्पताल लैजाने क्रममा वा अस्पताल पुगेपछि मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बसका अन्य चार यात्रुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ७ : ३४ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स