साउदीमा हुथी आक्रमण : एक नेपालीको मृत्यु, तीन घाइते « Khabarhub

साउदीमा हुथी आक्रमण : एक नेपालीको मृत्यु, तीन घाइते


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी अरबमा पछिल्लो समय भएका आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै घटनामा एक नेपालीको मृत्यु भएको र तीन जना घाइते भएको जनाएको हो । घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अन्य दुई जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत नोभेम्बर २४ मा साउदी अरबको राजधानी रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एक टावरमा भएको आक्रमणमा ११ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जना नेपाली नागरिकसमेत रहेको बताइएको छ । साउदी अरबको नागरिक सुरक्षा निकायले उक्त आक्रमणमा यमनको हुथी समूह जिम्मेवार रहेको जनाएको थियो ।

मन्त्रालयले मृतक नेपालीका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यसअघि गत अक्टोबर २१ मा साउदी अरबस्थित साउदी अरामकोको शेबाह तेल क्षेत्रमा अवरोध गरिएको ड्रोनको भग्नावशेष खस्दा नेपाली श्रमिक भरत महतोको मृत्यु भएको थियो ।

साउदी अरबमा भएको पछिल्लो घटनामा मृत्यु भएका नेपालीको परिचय तथा घटनाको मिति र स्थान भने मन्त्रालयले खुलाएको छैन । उनको मृत्यु नोभेम्बर २४ को आक्रमणसँग सम्बन्धित हो वा होइन भन्ने पनि स्पष्ट भएको छैन ।

मन्त्रालयले नागरिक र सार्वजनिक पूर्वाधारलाई कुनै पनि अवस्थामा निशाना बनाउन नहुने नेपालको धारणा दोहोर्‍याएको छ । साथै, सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन र विवाद तथा द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ८ : ५४ बजे

हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

भोजपुर– खेतबारी खनजोत गर्न हातेट्रयाक्टरको प्रयोग बढेसँगै भोजपुरका गाउँघरमा गोरु

साउदीमा हुथी आक्रमण : एक नेपालीको मृत्यु, तीन घाइते

काठमाडौँ– साउदी अरबमा पछिल्लो समय भएका आक्रमणमा परी एक नेपाली

रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ- नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माणका लागि आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै रासायनिक

हेंवाखोलामा डाइभर्सन नबन्दा आठ महिनादेखि यातायात प्रभावित

पाँचथर- निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माण नहुँदा आठ

चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर