सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ « Khabarhub

सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौँ महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन् ।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ९ : ४० बजे

सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ

काठमाडौं – जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी

१६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ

काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो थाई गाँजासहित तीन

रास्वपाको क्यान्डिडेट क्लब समितिमा ६ सदस्य मनोनीत

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्यान्डिडेट क्लब समितिमा ६

दसौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मी क्लब विजयी

कर्णाली – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

जनकपुर – धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक