चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म « Khabarhub

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति तोकिएका फिल्मका मेकरहरु समस्यामा परेका छन् ।

चुनावी माहोलमा फिल्मको प्रचार हराउन सक्ने जोखिमका कारण उनीहरु निर्वाचन वरपर फिल्म प्रदर्शनमा ल्याउन निकै सोच विचार गरिरहेका छन् ।

एक फिल्मको प्रदर्शन अनिश्चितकाललाई रोकिएको छ । नायकहरु सौगाल मल्ल, अपर्ण थापा, नायिकाहरु बेनिशा हमाल र वर्षा सिवाकोटी शीर्ष भूमिकामा रहेको फिल्म ‘कल्ली’को प्रदर्शन स्थागित भएको हो ।

फागुन १ गते प्रदर्शन मिति तोकिएको यस फिल्म चुनावपछि नयाँ सरकार बनेर स्थिति सामान्य भएपछि मात्रै हलमा लाग्ने निर्माण कम्पनी लेकाली इन्टरटेन्मेटले विज्ञप्तिमार्फत् दर्शकलाई जानकारी दिएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘मुलुकमा नयाँ सरकारको गठन र निर्वाचनपछिको सहज वातावरण बने लगत्तै हामी ‘कल्ली’को नयाँ प्रदर्शन मिति घोषणा गर्छौं ।’

अर्थात् यो फिल्मको प्रदर्शन मिति अनिश्चितकालका रोकिएको हो ।

‘कल्ली’सहित ५ फिल्मले फागुन १ लाई प्रदर्शन मिति तोकेका थिए । अन्य चार फिल्म भने मौन नै छन् ।

फिल्महरु ‘श्री बुकुरो’, ‘लालीबजार’, ‘बिगुल’ र ‘शिवांश’ले फागुन १ लाई नै प्रदर्शन मिति तोकेका छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  १ : १९ बजे

राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गर्दै झण्डा सम्मान अभियानले आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- विभिन्न राजनैतिक दल र दलका उम्मेदवारले नेपाली राष्ट्रिय झण्डाको

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश