काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार स्याङ्जा चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर, मकवानपुर हेटौँडा उपमहानगरपालिका–६ की २६ वर्षीया मनिषा अधिकारी पक्राउ परेका छन् ।
त्यसैगरी, पक्राउ पर्नेमा गुल्मी रेसुङ्गा नगरपालिका–६ का ४८ वर्षीय भक्तप्रसाद मरासिनी तथा चितवन राप्ती नगरपालिका–३ घर भएका २७ वर्षीय सरल आचार्य पनि छन् ।













प्रतिक्रिया