उधारो अचार खाएर पैसा नतिर्नेहरूको नाम सार्वजनिक गर्छु : शान्ता चौधरी « Khabarhub

उधारो अचार खाएर पैसा नतिर्नेहरूको नाम सार्वजनिक गर्छु : शान्ता चौधरी


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेतृ शान्ता चौधरीले उधारो अचार खाएर पैसा नतिरेको गुनासो गरेकी छन् । सामाजिक सञ्जालमा उनले आफ्नो मेहनतेको पारिश्रमिक नपाएको दुखेसो गरेकी हुन् । 

उनले लेखेकी छिन्, ‘अचार यति धेरै उधारो जाला र उधारो लगेकाले पैसा तिर्नुको साटो सम्बन्धै बिगार्लान् भने मैले सोचेकै थिएन । क–कसले फोन उठाउन छोड्नु भयो नाम र फोन नम्बर मैले सार्वजनिक गर्न नपरोस् ।’

कमलरी हुँदै राजनीतिमा प्रवेश गरेकी उनले नेताले पनि काम गरेर खानुपर्ने उत्कृष्ट उदाहरण दिँदै अचारको व्यवसाय सञ्चालन गर्दै आएकी छिन् । 

अचार खाएर पैसा तिर्नुको सट्टा सम्बन्ध बिगार्ने तहमा मानिसहरू पुग्दा उनलाई अचम्म लागेको छ । त्यस्तै उनले उधारो खाएर पैसा नतिर्ने र फोनसमेत नउठाउनेहरूको नाम र नम्बर सार्वजनिक गर्ने चेतावनीसमेत दिएकी छिन् । 

केही समय अगाडी चौधरीको सुर्खेतको वीरेन्द्रनगर सुपरमार्केटस्थित अचार पसलमा नियोजित ढंगले आगो लगाइएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ४ : ०९ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म