प्रादेशिक अस्पताल लहानमा शव साटिएको घटना के हो ?  « Khabarhub

प्रादेशिक अस्पताल लहानमा शव साटिएको घटना के हो ? 


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीराहाको लहानस्थित रामकुमार सारडा–उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा शव हेरफेर भएको घटनाको विरोधमा मृतकका आफन्तहरूले शव माग्दै पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध गरेका छन् । 

शवगृहमा राखिएका दुई किशोरीमध्ये एउटीको शव अर्कै परिवारलाई जिम्मा दिइएपछि अस्पतालको कार्य प्रणाली र जबाफदेहितामाथि प्रश्न उठाउँदै मृतकका परिवार तथा आफन्तजनले ‘निशाको शव ल्याइदेऊ’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जीत झा र सञ्चालक समितिका अध्यक्ष रामनारायण मेहतामाथि कारबाही गर’ भन्दै दिउँसो १ बजेदेखि पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध गरेका हुन् ।

के हो घटना ? 

घटनाअनुसार, गोलबजार–३ की १६ वर्षीया निशा बानियाँ र सप्तरीको खडक नगरपालिका–१ की १६ वर्षीया राधिका साहको शव एउटै दिन सो अस्पतालको शवगृहमा राखिएको थियो । 

तर शवगृहमा शव पहिचानका लागि अपनाइनुपर्ने कोडिङ, ट्यागिङ वा डबल–भेरिफिकेसन प्रणाली नहुँदा पोस्टमार्टमपछि राधिकाको शव भन्दै निशाको शव उनका आफन्तलाई जिम्मा दिइयो । आफन्तले उक्त शव लहान नजिकै दाहसंस्कारसमेत गरिसकेका छन् ।

पछि भारतबाट फर्किएका निशाका अभिभावकले अस्पतालमा रहेको शव आफ्नो छोरीको नभएको भन्दै आपत्ति जनाएपछि मात्र शव साटिएको तथ्य सार्वजनिक भएको हो । 

यसले शव व्यवस्थापनमा अस्पतालको लापरबाही, प्रहरी र अस्पतालबीचको समन्वय अभाव तथा संवेदनशील प्रक्रियामा मानक नअपनाइएको अवस्था उजागर गरेको छ ।

यस घटनापछि पीडित परिवारले सडक अवरुद्ध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् भने प्रहरीले घटनाको छानबिन सुरु गरेको छ । स्वास्थ्य क्षेत्रमा न्यूनतम नैतिक र प्राविधिक मापदण्ड पालना नगर्दा कति गम्भीर परिणाम आउन सक्छ भन्ने उदाहरणका रूपमा यो घटना देखिएको छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ४ : ५५ बजे

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीका खुलापत्र : केराका बिचौलियालाई कारबाही गर्नुहोस्, किसानको पसिनाको मूल्य दिनुहोस्

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र

अर्थमन्त्री डा वाग्लेसँग अमेरिकाका सहायक विदेश कुपरले भेट

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग संयुक्त राज्य अमेरिकाका सहायक

यूएईविरुद्धको खेलमा कुशल बने प्लेयर अफ द म्याच

काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत यूएईविरुद्धको दोस्रो खेलमा नेपालका कुशल

पोखराको लेकसाइडमा पर्यटकलाई हैरान बनाउने थप तीन महिला पक्राउ

काठमाडौं – पोखराको पर्यटकीय केन्द्र लेकसाइड क्षेत्रमा पर्यटकलाई हैरान बनाउने

गायक रामकृष्णको फिल्म ‘मालती मंगले’को गीत ‘झ्याम पारम’ सार्वजनिक

काठमाडौं – वैशाख २५ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मालती