प्रादेशिक अस्पताल लहानमा शव साटिएको घटना के हो ?  « Khabarhub

प्रादेशिक अस्पताल लहानमा शव साटिएको घटना के हो ? 


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीराहाको लहानस्थित रामकुमार सारडा–उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा शव हेरफेर भएको घटनाको विरोधमा मृतकका आफन्तहरूले शव माग्दै पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध गरेका छन् । 

शवगृहमा राखिएका दुई किशोरीमध्ये एउटीको शव अर्कै परिवारलाई जिम्मा दिइएपछि अस्पतालको कार्य प्रणाली र जबाफदेहितामाथि प्रश्न उठाउँदै मृतकका परिवार तथा आफन्तजनले ‘निशाको शव ल्याइदेऊ’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जीत झा र सञ्चालक समितिका अध्यक्ष रामनारायण मेहतामाथि कारबाही गर’ भन्दै दिउँसो १ बजेदेखि पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध गरेका हुन् ।

के हो घटना ? 

घटनाअनुसार, गोलबजार–३ की १६ वर्षीया निशा बानियाँ र सप्तरीको खडक नगरपालिका–१ की १६ वर्षीया राधिका साहको शव एउटै दिन सो अस्पतालको शवगृहमा राखिएको थियो । 

तर शवगृहमा शव पहिचानका लागि अपनाइनुपर्ने कोडिङ, ट्यागिङ वा डबल–भेरिफिकेसन प्रणाली नहुँदा पोस्टमार्टमपछि राधिकाको शव भन्दै निशाको शव उनका आफन्तलाई जिम्मा दिइयो । आफन्तले उक्त शव लहान नजिकै दाहसंस्कारसमेत गरिसकेका छन् ।

पछि भारतबाट फर्किएका निशाका अभिभावकले अस्पतालमा रहेको शव आफ्नो छोरीको नभएको भन्दै आपत्ति जनाएपछि मात्र शव साटिएको तथ्य सार्वजनिक भएको हो । 

यसले शव व्यवस्थापनमा अस्पतालको लापरबाही, प्रहरी र अस्पतालबीचको समन्वय अभाव तथा संवेदनशील प्रक्रियामा मानक नअपनाइएको अवस्था उजागर गरेको छ ।

यस घटनापछि पीडित परिवारले सडक अवरुद्ध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् भने प्रहरीले घटनाको छानबिन सुरु गरेको छ । स्वास्थ्य क्षेत्रमा न्यूनतम नैतिक र प्राविधिक मापदण्ड पालना नगर्दा कति गम्भीर परिणाम आउन सक्छ भन्ने उदाहरणका रूपमा यो घटना देखिएको छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ४ : ५५ बजे

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा