सहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका « Khabarhub

सहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे – यहाँका कैयौँ अभिभावकविहीन बालबालिका सडकमा पुगेका छन् । केही घरेलु मजदूर बनेका छन् । उनीहरू शिक्षाबाट वञ्चित मात्र भएका छैनन् । अभिभावकको सहारा नपाउँदा दुर्व्यवहार सहन बाध्य छन् । कोही कुलतमा फस्ने गरेका छन् । 

इलामको रोङ गाउँपालिकाले उदाहरणीय काम सुरु गरेको छ । अध्यक्षसँग विद्यार्थी कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत बालबालिकाको अभिभावकत्व ग्रहण गरिएको छ । सो कार्यक्रमलाई उद्यमशीलतामा जोडेर अगाडि बढाइएको गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले बताए। 

कार्यक्रमअन्तर्गत  एक रुपैयाँ बचत कार्यक्रम, अभिभावकविहीन विद्यार्थी सहयोग कार्यक्रम, विद्यार्थी उद्यमशीलता कार्यक्रम र विद्यार्थी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ । 

एक रुपैयाँ बचत कार्यक्रमअन्तर्गत पालिकाभित्रका बालबालिकाको बैंक खाता सञ्चालन गरेर दैनिक रु एक बचत गाउँपालिकाले गरिदिएको छ । कार्यक्रमअन्तर्गत हालसम्म रु ५३ बचत भइसकेको छ ।

पालिकाले हालै अभिभावकविहीन विद्यार्थी सहयोग कार्यक्रम सुरु भएको हो । कार्यक्रमअन्तर्गत गाउँपालिकाले अभिभावकविहीन ३८ जना विद्यार्थीलाई कक्षा १२ सम्मको पठनपाठनको व्यवस्था गर्ने  छ ।  गाउँपालिकाले प्रत्येक विद्यार्थीको रु पाँच लाख बराबरको जीवन बीमा गर्ने भएको छ । 

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ४ : ४९ बजे

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने

जनकपुर – मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान,

आईपीएल: मुम्बईलाई हराउँदै कोलकाता चार विकेटले विजयी

कोलकाता – मनीष पाण्डेको उत्कृष्ट ब्याटिङको मद्दतले कोलकाता नाइट राइडर्स

गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु

रसुवा- हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर

अमेरिकी डलरले १५५ नाघ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ  – आज २०८३ साल जेठ ७ गते बिहीबार। जेठ