सहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका « Khabarhub

सहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे – यहाँका कैयौँ अभिभावकविहीन बालबालिका सडकमा पुगेका छन् । केही घरेलु मजदूर बनेका छन् । उनीहरू शिक्षाबाट वञ्चित मात्र भएका छैनन् । अभिभावकको सहारा नपाउँदा दुर्व्यवहार सहन बाध्य छन् । कोही कुलतमा फस्ने गरेका छन् । 

इलामको रोङ गाउँपालिकाले उदाहरणीय काम सुरु गरेको छ । अध्यक्षसँग विद्यार्थी कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत बालबालिकाको अभिभावकत्व ग्रहण गरिएको छ । सो कार्यक्रमलाई उद्यमशीलतामा जोडेर अगाडि बढाइएको गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले बताए। 

कार्यक्रमअन्तर्गत  एक रुपैयाँ बचत कार्यक्रम, अभिभावकविहीन विद्यार्थी सहयोग कार्यक्रम, विद्यार्थी उद्यमशीलता कार्यक्रम र विद्यार्थी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ । 

एक रुपैयाँ बचत कार्यक्रमअन्तर्गत पालिकाभित्रका बालबालिकाको बैंक खाता सञ्चालन गरेर दैनिक रु एक बचत गाउँपालिकाले गरिदिएको छ । कार्यक्रमअन्तर्गत हालसम्म रु ५३ बचत भइसकेको छ ।

पालिकाले हालै अभिभावकविहीन विद्यार्थी सहयोग कार्यक्रम सुरु भएको हो । कार्यक्रमअन्तर्गत गाउँपालिकाले अभिभावकविहीन ३८ जना विद्यार्थीलाई कक्षा १२ सम्मको पठनपाठनको व्यवस्था गर्ने  छ ।  गाउँपालिकाले प्रत्येक विद्यार्थीको रु पाँच लाख बराबरको जीवन बीमा गर्ने भएको छ । 

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ४ : ४९ बजे

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा