स्वास्थ्य बीमाको सही उपयोग गर्न बोर्डको सार्वजनिक अपिल « Khabarhub

स्वास्थ्य बीमाको सही उपयोग गर्न बोर्डको सार्वजनिक अपिल


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको सही र जिम्मेवार उपयोग गर्न सबै सेवाग्राही तथा सेवा प्रदायकलाई आग्रह गरेको छ । 

बोर्डले एक सार्वजनिक अपिल जारी गर्दै बीमा सेवाको दुरुपयोग नगर्न, अनावश्यक परीक्षण तथा उपचारमा दबाब नदिन र प्रचलित कानुन तथा निर्देशिकाअनुसार सेवा प्रवाह गर्न अनुरोध गरेको हो ।

स्वास्थ्य बीमा कार्यक्रम सामाजिक स्वास्थ्य सुरक्षाको एक महत्त्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै बोर्डले यसले सबै नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न तथा स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ । सीमित स्रोतसाधन र केही संरचनागत चुनौतीका बाबजुद पनि हाल दैनिक करिब ५० हजार नागरिकले स्वास्थ्य बीमा मार्फत सेवा लिइरहेका छन् ।

बोर्डका अनुसार स्वास्थ्य बीमाका कारण दैनिक औसत करिब ८ करोड रुपैयाँ बराबरको स्वास्थ्य खर्च नागरिकको निजी खर्चबाट जोगिन सफल भएको छ। यसले आम नागरिकलाई वित्तीय जोखिमबाट जोगाउन सहयोग पुगेको बोर्डको भनाइ छ । सार्वजनिक अपिलमा बोर्डले ‘स्वास्थ्य बीमाको सही सदुपयोग गरौं’ भन्ने सन्देश दिँदै सेवाग्राहीलाई जिम्मेवार रूपमा स्वास्थ्य सेवा लिन आग्रह गरेको छ । 

साथै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि आवश्यकताको आधारमा मात्र परीक्षण, जाँच तथा उपचार गर्न र बोर्डद्वारा जारी निर्देशिका तथा कार्यविधिको पालना गर्न अनुरोध गरिएको छ । बोर्डले हाल स्वास्थ्य बीमा सेवा लिँदा देखिएका असहजता तथा अस्थायी रूपमा सेवा अवरुद्ध भएका स्वास्थ्य संस्थालाई पुनः सञ्चालनमा ल्याउन निरन्तर पहल तथा छलफल भइरहेको जानकारी पनि दिएको छ । 

स्वास्थ्य बीमा कार्यक्रमलाई अझ सशक्त, व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने प्रतिबद्धता बोर्डले दोहोर्‍याएको छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ५ : २२ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने