टिम हार्दा भारतसँग हारेनन् जिम्बावेका ओपनर बेनेट: बनाए नटआउट ९७ रन « Khabarhub

टिम हार्दा भारतसँग हारेनन् जिम्बावेका ओपनर बेनेट: बनाए नटआउट ९७ रन


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को समूह ‘एक’बाट बाहिरिने पहिलो टिम जिम्बावे बनेको छ । सुपर-८ को पहिलो खेलमा वेस्ट इन्डिजसँग १०७ रन र दोस्रो खेलमा भारतसँग ७२ रनले पराजित भएसँगै जिम्बावे सुपर-८ बाट बाहिरिएको हो ।

सुपर आठको दोस्रो खेलमा टिम भारतसँग ७२ रनले पराजय भए पनि उसका ओपनर ब्रायन बेनेटले उत्कृष्ट पारी खेले। उनले ५९ बलमा ८ चौका र ६ छक्कासहित नटआउट ९७ रनको पारी खेलेका हुन्।

रोचक त के छ भने विश्वकै उत्कृष्ट बलर जसप्रित बुम्राह, आर्शदीप सिंह, अलराउन्डर हार्दिक पाण्डेया, स्पिनर अक्षर पटेल जस्ता भारतका दिग्गज कुनै पनि खेलाडीले उनको विकेट लिन सकेनन् । सुरुदेखि अन्तिमसम्म टिकेर खेलेका उनले भारतलाई निरन्तर दबाबमा राखेका थिए ।

भारतले दिएको २५७ रनको विशाल लक्ष्य पछ्याएको खेलमा कुनै दबाब बिना उनले उत्कृष्ट इनिङ खेल्दै नेटआउट ९७ रन हिर्काएका हुन् । ओपनिङमा आएर अर्कोतर्फ निरन्तर ६ विकेट जाँदासम्म उनले टिकेर खेलीरहे । जिम्बावेका लागि १८४ रनको सम्मान जनक स्कोर बनाउन महत्त्वपूर्ण योगदान दिए ।

जिम्बावेका ओपनर बेनेट २२ वर्षका भए । उनी टिमका लागि अलराउन्ड प्रदर्शन गर्छन् । उनी राइट आम अफब्रेक बलिङ गर्छन् भने राइट ह्यान्ड ब्याटर हुन् ।

टिम जिम्बावे विश्वकपबाट बाहिरिँदै गर्दा बेनेट सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन् । समूह चरण र सुपर-८ गरेर पाँच खेल खेल्दा उनी चार खेलमा नटआउट रहे । उनले पाँच खेलमा ३१ चौका र ६ छक्काको मद्दतमा २७७ रन बनाएका छन्।

प्रतियोगितामा तीन वटा अर्धशतक बनाएका उनले भारतविरुद्ध ९७ रनको उत्कृष्ट इनिङ खेलेका हुन् । भारतविरुद्ध शतक प्रहार गर्ने खेलाडीका रुपमा नाम लेखाउन भने उनी तीन रनले चुके ।

भारतसँगको हारसँगै एक खेल अगाडि विश्वपबाट बाहिरिएको जिम्बावेले सुपर-८ को अन्तिम खेलमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ६ : ४२ बजे

जाडो छल्न आएका चरा फर्किन थाले

चितवन– जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् ।

युद्धमा होमिए पाकिस्तान-अफगानिस्तान : १२७ जना मारिए 

इस्लामाबाद– दुई छिमेकी पाकिस्तान र अफगानिस्तान युद्धतिर होमिएका छन् । बिहीबार

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौं– यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’

विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’का