बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो : महासचिव पोखरेल « Khabarhub

बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो : महासचिव पोखरेल


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको मुखैमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गरेका छन्।

पोखरेलले उक्त सामग्री केवल सञ्चार सामग्री मात्र नभई नेपालको आन्तरिक राजनीतिमा बाह्य भूराजनीतिक चलखेलको एउटा प्रमाण भएको टिप्पणी गरेका हुन्।

उनले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रिया र निर्वाचन जस्तो संवेदनशील समयमा यस्ता सामग्री बाहिर आउनुलाई ‘नियोजित हस्तक्षेप’ को रूपमा विश्लेषण गरेका छन्। सूचनाको स्वतन्त्रता अपरिहार्य भए तापनि त्यसको समय र उद्देश्य पारदर्शी हुनुपर्नेमा उनको जोड छ।

‘लोकतन्त्रको रक्षा नेपाली जनता आफैँले गर्ने विषय हो, यसमा बाह्य प्रभाव अस्वीकार्य हुन्छ’, उनले फेसबुकमा लेखेका छन्, ‘नेपालको सार्वभौमिकता रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो।’

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ७ : १२ बजे

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

मस्को- रुसमा ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’ चयनका लागि शुक्रबारदेखि

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

कांग्रेस महाधिवेशन : चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते

भरतपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा वडा अधिवेशन असोज ३

तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक

लमजुङ– पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि