‘सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन’ « Khabarhub

‘सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन’


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् ।

बुटवलमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सडकसहित विकास निर्माणका कामको जिम्मा लिएर अघि नबढाउनेलाई रुखमा बाँध्ने भनेर दिएको भनाइको जवाफ दिँदै उनले देश त्यसरी नबन्ने बताए ।

‘यहाँको एयरपोर्टमा जहाज ल्यान्ड गरेन भनेर पाइलटलाई कोर्रा हानेर हुँदैन। त्यसको समस्या हामीले पहिचान गर्नुपर्छ’, उनले भने, ‘सडक किन ढिला बनिनरहेका छन् ? कानुनमा समस्या छ, त्यसैले मैले ४१ वटा कानुन फेर्नुपर्छ भनेको छु। कुनै साथीले भनेजस्तो सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन ।’

थापाले आगामी पाँच वर्षका लागि देशको नेतृत्व लिन कांग्रेसका सबै नेता-कार्यकर्ता घर घर जानुपर्ने बताए । ‘पार्टीका साथीहरू घर घर गइदिनुपर्छ। मैले सर्लाही ४ मै मिहिनेत गर्नुपर्छ । तपाईंहरू हरेक जना आफैं उम्मेदवार बनेर मतदातामाझ जानुपर्छ’, उनले भने, ‘२०८२ सालमा कांग्रेसको रुख चिह्नमा मत हाल्नु नपर्ने एउटा कारण छैन । देशलाई सुधार गरेर सम्हाल्दै लैजाने तागत कांग्रेसमा छ। अबको पाँच वर्षको समय खेर नफ्याँकौँ ।’

उनले सामाजिक सञ्जालमा लेखेर मात्रै मत नआउने पनि बताए । ‘पार्टीका साथीहरू मतदाताका घर घर जानुस् । सामाजिक सञ्जालमा लेखेर मात्रै नबस्नुस् ।
तपाईंको गोडा चलाउनुस्, हात चलाउनुस्, मुख चलाउनुस्, मतदातालाई ढोग्नुस्’, उनले भने, ‘हिजोका तमाम खराब कुरा छाड्छु, राम्रो कुरा बोक्छु भनेर हामी जानुपर्छ। त्यसकै लागि हामीले कांग्रेसको नेतृत्व फेरेका हौँ ।’

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १२ : ५५ बजे

‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

काठमाडौं– सपना हो कि विपना हो यो, के हो जिन्दगी

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई