ओलीको जिकिर : सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन « Khabarhub

ओलीको जिकिर : सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् ।

मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बललफ्‌ती विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको उनको भनाइ छ ।

शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी कार्यक्रम’मा उनले देशमा आइपरेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताए ।

एमाले चुनावबाट नभाग्ने भएकाले देशैभर त्यसैमा केन्द्रित भएको उल्लेख गर्दै ओलीले आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने उल्लेख गरे। त्यसपछि एमालेले देशमा आइपरेका समस्याको समाधान निकाल्ने उनले बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा हुने कुनै प्रकारका धाँधली एमालेलाई मान्य नहुनेसमेत बताए ।

चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको समेत उनको भनाइ छ । कार्यक्रममा उनले युवाहरूलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यसलाई चिर्ने काममा लाग्न आग्रह गरे ।

कार्यक्रममा युवा विद्यार्थीहरूले अध्यक्ष ओलीसमक्ष विभिन्न जिज्ञासा राखेका थिए । उनीहरूको जिज्ञासा सम्बोधन गर्दै उनले कुनै पनि पार्टीले कस्तो भुमिका निर्वाह गर्छ ? भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने जवाफ दिए ।

एमालेका कार्यक्रम र सिद्धान्तहरु जनतासम्म लैजान पनि उनले युवा तथा विद्यार्थीहरूलाई अपिल गरेका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १ : ०५ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै