‘गठबन्धनको राजनीतिले खराब परिणाम दियो : हामीले दूषित राजनीतिलाई सफा गर्छौँ’ « Khabarhub

‘गठबन्धनको राजनीतिले खराब परिणाम दियो : हामीले दूषित राजनीतिलाई सफा गर्छौँ’


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनका कारण नेपालको राजनीति दूषित बनेकाले सुधारका लागि कांग्रेसको विकल्प नरहेको बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले उक्त अबको ५ वर्ष कांग्रेस राजनीति सफा गर्न प्रतिज्ञासहित आएको बताएका हुन् । 

‘गठबन्धनको राजनीतिले नेपालको सिंगो राजनीतिलाई फोहर बनायो दूषित बनायो । त्यो खराब नियत राखेर सुरु गरिएको थिएन तर यसले परिणाममा हामीलाई खराब ठाउँमा पुर्‍यायो । त्यसैले नेपाली कांगेस पार्टी नयाँ संकल्पका साथ आएको छ । हाम्रो राजनीति फोहर भएको छ । त्यो फोहर भएको राजनीतिलाई हामी सफा गर्छौं,’ दाबीसहित उनले भने । 

कांग्रेसलाई सरकारमा पुर्‍याउन आग्रह गर्दै उनले आफूहरूलाई विजयी बनाएमा हरेक महिना जनतासँग छलफल गर्दै सरकारको कामकारबाही अघि बढाउने बताए । 

‘यो पाँच वर्षको समय एउटा प्रतिज्ञा गरेर आएका छौँ । फाल्गुनमा चुनावमा छ । फाल्गुनको मसान्तसम्म परिणाम आउँछ । चैतमा नयाँ सरकार बन्छ । वैशाखको १ गते कांग्रेसको नेतृत्वको सरकारले देशवासीको नाममा उभिएर आफ्नो संकल्प राख्छ,’ । उनले थपे, ‘वैशाखको एक महिना भित्र आफूले गर्ने कामको फेहरिस्त तयार गर्छ र जेठ १ गते फेरी आउँछ र तीस दिनको हिसाबकिताब जनतालाई बताउँछ । प्रश्न लिन्छ, आलोचना सुन्छ, सहन्छ, सच्याउँछ फेरि अर्को एक महिनाको लक्ष्य निर्धारण गर्छ । हामीलाई विकासको यो गति चाहिएको छ । हामी गर्छौँ,’ । 

थापाको अनुसार प्रधानमन्त्री बन्दैमा कसैले चमत्कार नगर्ने हुँदा कसैलाई राक्षसीकरण र देवत्वकरण गर्न नहुने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ३ : २२ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना