फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य « Khabarhub

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । 

काउन्सिलका रजिस्ट्रार डा. सन्तोष कुमार देवद्वारा जारी गरेको सूचना अनुसार विभिन्न विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालहरूले सञ्चालन गरिरहेका फेलोसिप कार्यक्रममा संलग्न चिकित्सकहरूको मनोबल उच्च राख्न र उनीहरूको सेवाको उचित मूल्यांकन सुनिश्चित गर्न न्यूनतम नवौँ तह सरहको पारिश्रमिक उपलब्ध गराउनुपर्ने निर्णय गरिएको हो ।

काउन्सिलको पूर्ण बैठकबाट गरिएको उक्त निर्णय नेपाल सरकारको विद्यमान चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सम्बन्धी नीतिअनुसार कार्यान्वयन गर्न सम्बन्धित सबै संस्थालाई निर्देशन दिइएको जनाइएको छ ।

सूचनामा फेलोसिप कार्यक्रममा सहभागी चिकित्सकहरू पूर्णकालीन रूपमा कार्यरत रहने भएकाले उनीहरूको सेवा–सुविधा सुनिश्चित गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ । काउन्सिलले निर्णयको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित शैक्षिक संस्था तथा अस्पतालहरूलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ४ : १३ बजे

‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

काठमाडौं– सपना हो कि विपना हो यो, के हो जिन्दगी

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई