स्वास्थ्य सेवा दिवस : उपलब्धिबीच दिगो र समान सेवामा अझै चुनौती « Khabarhub

स्वास्थ्य सेवा दिवस : उपलब्धिबीच दिगो र समान सेवामा अझै चुनौती


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज २९ औं स्वास्थ्य सेवा दिवस दक्ष जनशक्ति, दिगो सेवा : स्वास्थ्य सुरक्षामा हाम्रो दृढ प्रतिबद्धता भन्ने मूल नाराका साथ मनाइँदैछ । नेपाल स्वास्थ्य सेवा ऐन २०५३ जारी भएको दिनको स्मरणमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइन्छ ।

यस वर्ष भने प्रतिनिधि सभा निर्वाचनको आचारसंहिता लागू भएकाले कुनै औपचारिक कार्यक्रम नराखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्ति अनुसार संघ, प्रदेश र स्थानीयतहका सबै निकाय तथा स्वास्थ्य संस्थाहरूलाई शुभकामना आदानप्रदान गरी दिवस मनाउन अनुरोध गरिएको छ ।

विगतमा स्वास्थ्य सेवा दिवसका अवसरमा गरिँदै आएका साविकका औपचारिक कार्यक्रमहरू भने निर्वाचन आचारसंहिता अन्त्य भएपछि मात्र आयोजना गरिने मन्त्रालयले स्पष्ट पारेको छ । संविधानले प्रत्याभूत गरेको नागरिकको आधारभूत स्वास्थ्य सेवा, आकस्मिक सेवा र समान पहुँचको हकलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जनाइएको छ ।

यस दिवसले स्वास्थ्य क्षेत्रका जनशक्तिको समर्पण र दक्षताको सम्मान गर्दै गुणस्तरीय स्वास्थ्य सेवा मार्फत स्वस्थ राष्ट्र निर्माण गर्ने लक्ष्य राखेको बतउँदै दिवसका अवसरमा मन्त्रालयले सम्पूर्ण स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था र यस क्षेत्रमा योगदान पुर्‍‍याउने व्यक्तिप्रति सम्मान तथा कृतज्ञता व्यक्त गरेको छ ।

स्वास्थ्य सेवामा सुधार

नेपालले पछिल्ला दुई दशकमा स्वास्थ्य सेवाका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सरकारी तथ्याङ्क अनुसार नेपालीको औसत आयु ७१ वर्ष पुगेको छ भने मातृ मृत्युदर प्रति १ लाख जीवित जन्ममा १५१ मा झरेको छ ।

पाँच वर्षमुनिको बाल मृत्युदर घटेको र संस्थागत सुत्केरी दर ७५ प्रतिशतभन्दा बढी पुगेको तथ्यांकले सुधारको संकेत गर्छ । यस्तै, पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको दर ९० प्रतिशत नजिक पुगेको छ।

यी उपलब्धिलाई दक्षिण एसियामै सकारात्मक प्रगतिका रूपमा हेरिएको छ । त्यस्तै संघीयता कार्यान्वयनपछि स्वास्थ्य पूर्वाधार पनि व्यापक रूपमा विस्तार भएको छ ।

नेपालभर ४ हजारभन्दा बढी स्वास्थ्य चौकी, सयौँ प्राथमिक स्वास्थ्य केन्द्र, र संघ, प्रदेश तथा स्थानीय तह अन्तर्गत अस्पताल सञ्चालनमा छन् । तर, यो सुधार चिकित्सक, नर्स लगायतका धेरै स्वास्थ्यकर्मीहरु र अस्पताल धेरै भएर मात्रै नभएको स्वास्थ्य विज्ञ बताउँछन् ।

जनस्वास्थ्यविद् डा. अरुणा उप्रती भन्छिन्, ‘म स्वास्थ्य सेवामा प्रवेश गरेका बेलाभन्दा अहिले स्वास्थ्य सेवामा धेरै सुधार भएको छ । तर यो सुधार डाक्टर नर्स र अस्पताल धेरै भएर मात्रै भएको होइन । भ्यक्सिनको उपलब्धता, स्वच्छता, स्वास्थ्य शिक्षा र सचेतनाको स्तर बढ्नु लगायतका कुराले स्वास्थ्य सेवामा सुधार आएको हो ।’

विगतमा झाडापखाला, हैजा टाइफाइड लगायतका संक्रामक रोगबाट अकालमा बालबालिकाको मृत्यु हुने गरेको थियो । त्यत्तिकै मात्रामा मातृ मृत्यु हुने गरेको त्यो अवस्थामानिकै नै सुधार आएको उनले बताइन् ।

स्वास्थ्य सेवा सुधारमा चुनौती

नेपालले पछिल्ला वर्षमा स्वास्थ्य सेवा पहुँच विस्तार, खोप कार्यक्रम र मातृ–शिशु स्वास्थ्य सूचकमा उल्लेखनीय सुधार हासिल गरे पनि गुणस्तरीय र समान स्वास्थ्य सेवा सुनिश्चित गर्न अझै धेरै काम गर्न बाँकी रहेको सरोकारवालाहरू बताउँछन् । विशेषज्ञहरूका अनुसार ग्रामीण क्षेत्रमा दक्ष स्वास्थ्यकर्मी अभाव, अस्पतालको पूर्वाधार तथा आधुनिक उपकरणको कमी, स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा समस्या र स्वास्थ्य सेवा गुणस्तरमा असमानता मुख्य चुनौतीका रूपमा रहेका छन् ।

संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहबीच समन्वय मजबुत बनाउँदै स्वास्थ्य सूचना प्रणाली डिजिटल बनाउने, आपतकालीन सेवा विस्तार गर्ने तथा जनशक्ति व्यवस्थापन सुधार गर्ने आवश्यकता औँल्याइएको छ । त्यस्तै स्वास्थ्य सेवा सुधारका नाममा पूर्वाधारको विस्तार भएपनि गुणस्तरीय सेवा समान रूपमा उपलब्ध नभएको विज्ञ बताउँछन् ।

धेरै स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा, प्रयोगशाला सुविधा र आकस्मिक उपचारको अभाव छ । आर्थिक पक्षमा पनि चुनौती उत्तिकै छ ।

कुल स्वास्थ्य खर्चको करिब ५० प्रतिशतभन्दा बढी व्यक्तिगत खर्चमा जान्छ भने सरकारी स्वास्थ्य बजेट कुल राष्ट्रिय बजेटको करिब ६–७ प्रतिशत मात्रै रहेको छ । जसका कारण स्वास्थ्य बीमा कार्यक्रम संकटमा परेको छ ।

स्वास्थ्य सेवाको सुरुवात घरबाटै हुनुपर्छ

त्यस्तै, पछिल्लो समयको खानपान तथा जीवनशैलीमा कारण बढिरहेको नसर्ने रोगको प्रकोपलाई कसरी नियन्त्रण गर्ने भन्ने तर्फ पनि सोच्नुपर्ने विज्ञ बताउँछन् ।

‘अस्पताल तथा चिकित्सक र स्वास्थ्यकर्मीको उपलब्धता भएर मात्रै हुँदैन मानिसहरुलाई घरबाटै कसरी स्वस्थबनाउने भन्ने तर्फ पनि सोच्नुपर्छ’ जनस्वास्थ्यविद् उप्रेती भन्छिन् ।

स्वास्थ्य सेवा भनेको अस्पताल र नर्सहरुबाट मात्रै पाइन्छ भन्ने नभइ परम्परागत आर्युवेदिक ज्ञान तथा उपचारलाई पनि स्वास्थ्य सेवाको परिधिभित्र राख्नुपर्नेमा उनको जोड छ । मिर्गौला रोग, मुटुरोग, मधुमेहलगायत रोगका लागि स्वास्थ्य सेवा दिएर मात्रै नहुने भन्दै उप्रेतीले ध्यान, योग, खानपान र जीवनशैलीको माध्यमबाट ती रोगहरुलाई कम गर्न सकिन्छ भन्नेतर्फ पनि सरकारले सोच्नुपर्ने बताइन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ६ : १७ बजे

कम्बोडियाका हुन सेनद्वारा विपक्षी नेता सोखालाई आममाफी

कम्बोडिया – कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख तथा पूर्व प्रधानमन्त्री हुन

किसानलाई दैनिक एक करोड भुक्तानी, बक्यौता क्रमश : तिर्दै डीडीसी

काठमाडौं– दुग्ध विकास संस्थान (डीडीसी) ले दैनिक करिब एक करोड

क्यानद्वारा खेलाडी वर्गीकरण

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि

‘गरिबलाई गरिखाने वातावरण बनाउने गरी नीति कार्यक्रम ल्याइने’

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको आर्थिक वर्षको