निर्वाचनको मत परिणामको नजिता छिटो सार्वजनिक गर्नेगरि तयारी गरेका छौँ : आयोग « Khabarhub

निर्वाचनको मत परिणामको नजिता छिटो सार्वजनिक गर्नेगरि तयारी गरेका छौँ : आयोग


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको मत परिणामको नजिता छिटो सार्वजनिक गर्नेगरि तयारी गरेको जनाएको छ ।  

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदान सकिएपछि छिटो मतपेटिका संकलन गर्ने र मतदान भएकै दिन साँझबाट मतगणना सुरु गरिने जानकारी दिए । 

उनले मतदानको अघिल्लो दिन आवश्यक व्यवस्थापन गरेर राजनीतिक दलहरूसँग समन्वय गर्दै मतदान भएकै दिन साँझबाट मतगणना सुरु गर्ने आयोगको तयारी रहेको बताए ।

मतपेटिका सङ्कलनको समय घटाउने, बेलुकीबाट मतगणना गर्ने र मतगणनाको छिटो छरितो बनाइने गरी तयारी गरिएको उनको भनाइ छ ।

प्रवक्ता भट्टराईले निर्वाचनको तयारीका लागि उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेर सीमा बन्द, मदिरा बेचबिखनमा रोक लगायतका निर्णय भइसकेको जानकारी दिए ।

निर्वाचनका लागि देशभरिको सुरक्षा अवस्था सन्तोषजनक रहेको आयोगको निष्कर्ष रहेको उनको भनाइ छ । निर्वाचन प्रयोजनका लागि उम्मेदवारहरूले खाता खोल्ने क्रम पनि जारी रहेको भन्दै प्रवक्ता भट्टराईले खाता नखोल्ने र जथाभाबी खर्च गर्नेहरूका लागि आयोगले आवश्यक निर्णय गर्ने धारणा राखे ।

हालसम्म ११ दलले मात्र चुनावी प्रयोजनका लागि खाता खोलेको आयोगले जनाएको छ । आयोगले निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको जानकारी पनि दिएको छ । 

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ६ : ५३ बजे

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र