जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने « Khabarhub

जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन पूर्ण रूपमा बन्द रहने जनाएको छ ।

कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामद्वारा आज जारी सूचनाअनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्तिसुरक्षा प्रत्याभूति गराउने उद्देश्यले फागुन १९ गते मङ्गलबारदेखि फागुन २१ गते बिहीबारसम्म (तीन दिन) भङ्गाहा-जनकपुर-जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहने जनाइएको हो ।

उक्त अवधिमा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरेको छ । साथै फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित रेल सेवा सञ्चालनमा आउने सूचनामा उल्लेख गरिएको छ । रेल सेवा बन्द रहने अवधिमा यात्रुलाई वैकल्पिक यातायातको व्यवस्था गर्न कम्पनीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ७ : ०७ बजे

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत – पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

फिफा विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने, ‘हेड टु हेड’मा को बलियो ?

काठमाडौं – फिफा विश्वकप फुटबल–२०२६ आज रातिबाट औपचारिक रूपमा सुरु

बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिकाका लागि सुरक्षित, समावेशी, पहुँचयोग्य,

सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको भेट

काठमाडौं – सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका