न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण « Khabarhub

आईसीसी टी–२० विश्वकप

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ ।

शुक्रबार राति कोलम्बोस्थित आर. प्रेमादासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा इंग्ल्यान्डले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । तीन खेलबाट सतप्रतिशत जित निकाल्दै इंग्ल्यान्डले ६ अंक जोडेको छ ।

न्युजिल्यान्डले दिएको १६० रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड सुरुआतमा दबाबमा देखिएको थियो । तर मध्यक्रममा विल ज्याक्स र रेहान अहमदले परिस्थिति सम्हाल्दै उत्कृष्ट साझेदारी गरेपछि खेल इंग्ल्यान्डतर्फ मोडियो । ज्याक्सले १८ बलमा ३२ रनको महत्वपूर्ण योगदान गर्दा अहमदले मात्र ७ बलमा १९ रन जोड्दै खेललाई अन्तिम क्षणसम्म नियन्त्रणमा राखे । इंग्ल्यान्डले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । ग्लेन फिलिप्सले ३९ रन बनाउँदै टोलीको इनिङ्स सम्हाले भने टिम सिफर्टले ३५ रनको योगदान दिए।

बलिङतर्फ इंग्ल्यान्डका रेहान अहमद, आदिल राशिद र विल ज्याक्सले समान दुई–दुई विकेट लिएर न्युजिल्यान्डलाई ठूलो स्कोर बनाउनबाट रोके। न्युजिल्यान्डका लागि रचिन रविन्द्रले तीन विकेट लिए पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन।

इंग्ल्यान्डको जितसँगै समूहको समीकरण फेरिएको छ। याे समुहबाट पाकिस्तानको पनि सेमिफाइनल सम्भावना कायमै छ। पाकिस्तानले आयोजक श्रीलंकासँग खेल्न बाँकी छ। उक्त खेलमा फराकिलो अन्तरले जित निकाले मात्र पाकिस्तानको आशा कायम रहनेछ ।

यता न्युजिल्यान्डको पनि सम्भावना समाप्त भएको छैन, तर उसले अन्य नतिजामा निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको छ। अब सुपर–८ को अन्तिम खेलले सेमिफाइनल पुग्ने टोलीको टुंगो लगाउने छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ११ : २० बजे

फिर्केखोलाका अनाधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी – पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवले दिए पत्रकारलाई धम्की, कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौं – जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले

‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता

काठमाडौं– ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी