न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण « Khabarhub

आईसीसी टी–२० विश्वकप

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ ।

शुक्रबार राति कोलम्बोस्थित आर. प्रेमादासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा इंग्ल्यान्डले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । तीन खेलबाट सतप्रतिशत जित निकाल्दै इंग्ल्यान्डले ६ अंक जोडेको छ ।

न्युजिल्यान्डले दिएको १६० रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड सुरुआतमा दबाबमा देखिएको थियो । तर मध्यक्रममा विल ज्याक्स र रेहान अहमदले परिस्थिति सम्हाल्दै उत्कृष्ट साझेदारी गरेपछि खेल इंग्ल्यान्डतर्फ मोडियो । ज्याक्सले १८ बलमा ३२ रनको महत्वपूर्ण योगदान गर्दा अहमदले मात्र ७ बलमा १९ रन जोड्दै खेललाई अन्तिम क्षणसम्म नियन्त्रणमा राखे । इंग्ल्यान्डले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । ग्लेन फिलिप्सले ३९ रन बनाउँदै टोलीको इनिङ्स सम्हाले भने टिम सिफर्टले ३५ रनको योगदान दिए।

बलिङतर्फ इंग्ल्यान्डका रेहान अहमद, आदिल राशिद र विल ज्याक्सले समान दुई–दुई विकेट लिएर न्युजिल्यान्डलाई ठूलो स्कोर बनाउनबाट रोके। न्युजिल्यान्डका लागि रचिन रविन्द्रले तीन विकेट लिए पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन।

इंग्ल्यान्डको जितसँगै समूहको समीकरण फेरिएको छ। याे समुहबाट पाकिस्तानको पनि सेमिफाइनल सम्भावना कायमै छ। पाकिस्तानले आयोजक श्रीलंकासँग खेल्न बाँकी छ। उक्त खेलमा फराकिलो अन्तरले जित निकाले मात्र पाकिस्तानको आशा कायम रहनेछ ।

यता न्युजिल्यान्डको पनि सम्भावना समाप्त भएको छैन, तर उसले अन्य नतिजामा निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको छ। अब सुपर–८ को अन्तिम खेलले सेमिफाइनल पुग्ने टोलीको टुंगो लगाउने छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ११ : २० बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका