प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना « Khabarhub

प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश गरेका छन्। वि.सं. २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका शाहको आइतबार आफ्नो जन्मदिन परेको छ ।

यस अवसरमा उनकी पत्नी सविना काफ्लेले सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, “सम्माननीयज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।”

बुबा रामनारायण साह र आमा ध्रुवदेवी शाहका कान्छा सुपुत्रका रूपमा जन्मिएका शाहको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिका हो। बालेन २०८२ चैत १३ गते प्रधानमन्त्री बनेका हुन् ।

शाहले सरकारको नेतृत्व सम्हालेको एक महिना पूरा भइसकेको छ। उनको जन्मदिनको अवसरमा आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा समर्थक, राजनीतिक सहकर्मी र सर्वसाधारणले शुभकामना दिइरहेका छन्। युवा प्रधानमन्त्रीबाट मुलुकले ठूलो परिवर्तनको अपेक्षा राखेको भन्दै धेरैले उनको सफल कार्यकालको कामना गरेका छन्।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ८ : २४ बजे

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको