पोखरा सभागृह पुनर्निर्माण गरिने « Khabarhub

पोखरा सभागृह पुनर्निर्माण गरिने


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा सभागृहलाई पुनर्निर्माण गर्दै सुविधासम्पन्न बनाइने भएको छ ।

करिव ४२ वर्षअघि निर्माण भएको सभागृह हाल जीर्ण अवस्थामा पुगेकामा पोखरा महानगरपालिका र नगर विकास कोषको साझेदारीमा यसको यसको पुनर्निर्माण गर्ने सहमति भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।

पुनर्निर्माणका लागि ‘डिजाइन’ तयार भइसकेको उनले जानकारी र्दि । ‘कुल करिब २९ करोड लागतमा सञ्चालन हुने यस योजनाअन्तर्गत हालको सभागृहको उत्तरतर्फ दुईपांग्रे सवारीसाधनका लागि पार्किङ, दक्षिणतर्फ शौचालय, हालको बगैँचाको स्थानमा ‘अन्डरग्राउन्ड पार्किङ’ तथा प्रदर्शनीकक्ष निर्माण गरिनेछ,’ उनले भने, ‘दक्षिण–पूर्व भागमा सानो हल र किचेन निर्माण गरिनेछ भने न्युरोडतर्फ भित्र र बाहिर दुवैतर्फबाट प्रयोग गर्न मिल्ने चमेनागृह निर्माण गरिनेछ ।’

पुनर्निर्माणपश्चात् सभागृहमा कार्यक्रमका लागि ‘ब्यानर’ टाँस्न नपर्ने गरी ‘डिजिटल लिड स्क्रिन’ लगायतको व्यवस्था हुने उल्लेख गर्दै उनले यसलाई सुविधासम्पन्न बनाउने योजना रहेको बताए ।

पुनर्निर्माण सम्पन्न भएसँगै विभिन्न सङ्घसंस्था तथा सेवाग्राहीलाई उचित शुल्कमा सुविधासम्पन्न सभा हल उपलब्ध गराउने लक्ष्य राखेको महानगरपालिकाले सभागृहबाट प्राप्त आम्दानीमार्फत यसको सञ्चालन खर्च तथा लगानी व्यवस्थापन गर्ने योजना राखेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ११ : ०४ बजे

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला