शहीदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती « Khabarhub

शहीदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको ताराखोला जोड्न शहीदमार्गको ट्रयाक खुलेको २० वर्ष भन्दा बढी भयो । ट्रयाक खुलेको यतिका वर्षसम्म पनि स्तरोन्नति हुन नसक्दा यसक्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सशस्त्र द्वन्द्वका बेला जनश्रमदान गरी खुलेको सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजालचोकदेखि ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडासम्म जोडिएको यो सडकको साँघुरो र अप्ठ्यारो छ । दैनिक स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । यो सडक ०५७ देखि २०६० सम्म जनश्रमदानबाट निर्माण गरिएको थियो ।

गाउँमा कोही बिरामी परे तत्काल अस्पताल ल्याउँदा बढी समस्या हुने गरेको ताराखोला गाउँपालिका–२ का तमबहादुर रोकामगरले बताए । वर्षौँ अगाडि दुःख गरेर कोदालो, गैँती र बेल्चाले खनेको सडक अहिले ठूलाठूला मेसिन चल्दा पनि स्तरोन्नति हुन नसक्नु दुःखद् भएको उनको गुनासो छ ।

रिजालचोकदेखि करिब ४० किलोमिटर रहेको सडक व्यवस्थित नबन्दा महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीय टीकाबहादुर विकले गुनासो गरे । दूरीका हिसाबले जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै भए पनि अप्ठ्यारो सडकका कारण एक हजारभन्दा बढी भाडा तिर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । शहीदका नाममा बनेको सडक यतिका वर्षसम्म व्यवस्थित नबन्दा उनीहरूप्रतिको अपमान भएको विकले बताए ।

शहीदमार्गको काठेखोला गाउँपालिका–४ देखि ताराखोला गाउँपालिका–१, २ र ४ सम्मको खण्ड बढी अप्ठ्यारो छ । यो क्षेत्रमा खाल्डाखुल्डी धेरै छन् भने सडक निकै साँघुरो छ । आर्थिक वर्ष २०८०–८१ मा दुई करोड रुपैयाँ र गत वर्ष एक करोड ५१ लाख रुपैयाँ खर्चेर केही खण्डमा काम भए पनि अरु काम हुनसकेको छैन ।

ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले यो सडक स्तरोन्नतिका लागि ठूलो बजेट लाग्ने तर गाउँपालिकामा सीमित बजेट हुने हुँदा काम गर्न नसकेको बताए । सडक स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारसँग पटकपटक बजेट माग गरे पनि अहिलेसम्म प्राप्त गर्न नसकेको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ११ : २२ बजे

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला