युद्धविरामबीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु « Khabarhub

युद्धविरामबीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लेबनानमा लागू गरिएको युद्धविरामका बीच इजरायलले गरेको आक्रमणमा १४ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमध्ये दुई बालबालिका र दुई महिला रहेका छन् भने ३७ जना घाइते भएका छन्। 

गत साताको बिहीबार मात्र दुवै देशबीच तीन साताका लागि युद्धविराम अवधि थप गरिएको थियो। तर त्यसयता पनि क्षेत्रको अवस्था तनावपूर्ण नै रहँदै आएको छ।

सम्झौताअनुसार इजरायललाई आफ्नो सुरक्षाका लागि आवश्यक कदम चाल्न अनुमति दिइएको छ। आक्रमणअघि इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबनानका केही गाउँका बासिन्दालाई तत्काल स्थान खाली गर्न चेतावनी दिएका थिए। त्यहाँ बसिरहनु ज्यानका लागि जोखिमपूर्ण हुने बताइएको थियो।

इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुँले सेना सक्रिय रूपमा खटिएको र कडा कारबाही गरिरहेको बताएका छन्। उनले हिज्बुल्लाहका गतिविधिले युद्धविराम उल्लङ्घन गरिरहेको आरोप पनि लगाएका छन्।

यस घटनापछि क्षेत्रको अवस्था थप जटिल बनेको छ भने अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  १ : ०९ बजे

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई