कांग्रेसले भन्यो : संसद् अधिवेशन बोलाइसकेर बिनाकारण स्थगित गर्नु गलत « Khabarhub

कांग्रेसले भन्यो : संसद् अधिवेशन बोलाइसकेर बिनाकारण स्थगित गर्नु गलत


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संसद्को सर्वोच्चतालाई अमूल्यन गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसद्को अधिवेशन बोलाइसकेपछि बिना कारण स्थगित गर्ने कार्य उचित नभएको भन्दै संसद्को सर्वोच्चतालाई अमूल्यन गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याइए गम्भीर रुपमा असहमति जनाउने निर्णय भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । जनताको सर्वोच्च निकायको थलोमा हरेक कुराहरू पारदर्शी रूपमा छलफल हुनुपर्ने र त्यसैबाट कानुनहरू बनाउने आफुहरुको अपेक्षा रहेको उनले बताए ।

त्यस्तै बैठकले  पेट्रोलियम पदार्थको मूल्यवृद्धि र सीमामा देखिएका कठिनाइले नागरिकहरूको दैनिक जीवन प्रभावित भइरहेको भन्दै कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गर्न समेत माग गरेको छ । 

साथै बैठकले पार्टी सभापति गगन थापाको प्रस्तावमा संसदीय दलको नेतामा भीष्मराज आङ्गदम्बेको नाम प्रस्ताव गर्ने निर्णय भएको प्रवक्ता चालिसेले जानकारी दिए । 

त्यस्तै भाद्र २४ गते भएको घटनाको अनुसन्धानका लागि सरकार गम्भीर नभएको भन्दै निष्पक्षतापूर्वक छानबिन र अनुसन्धान गर्न ध्यानाकर्षण गराइएको उनले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ३ : ३७ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका