पछिल्लो २४ घण्टामा विपदका घटनामा परी १० जनाको मृत्यु, २५ जना घाइते  « Khabarhub

पछिल्लो २४ घण्टामा विपदका घटनामा परी १० जनाको मृत्यु, २५ जना घाइते 


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न विपदका घटनामा परी १० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् बुलेटिनअनुसार देशभर ५२ जिल्लामा ६९ वटा विपद् घटना भएका छन् । 

ती घटनामा परी २५ जना घाइते भएका छन् भने घटनाबाट करिब रु ३५ लाख १९ हजार बराबरको अनुमानित क्षति भएको छ भने ३१ चौपाया क्षति भएको विवरणमा उल्लेख छ ।

तथ्यांकअनुसार सबैभन्दा धेरै चट्याङका ३८ घटना भएका छन्, जसमा ५ जनाको मृत्यु र १९ जना घाइते भएका छन् । यसले कुल घटनामध्ये सबैभन्दा धेरै मानवीय क्षति चट्याङबाट भएको देखाएको छ । चट्याङपछि आगलागीका ११ घटना भएका छन्, जसमा १ जनाको मृत्यु र ३ जना घाइते भएका छन् । 

त्यस्तै लेक लागेर २ जना, सर्पदंशबाट १ र जनावर आक्रमणबाट १ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ । अन्य विपद्मा बाढी ३, पहिरो ३, हावाहुरी ४, अविरल वर्षा २, वन डढेलो १ र लेक लाग्ने २ घटना भएका छन् । यी घटनामा प्रत्यक्ष मानवीय क्षति कम देखिए पनि मौसमजन्य जोखिम भने देशभर फैलिएको संकेत देखिन्छ ।

प्रहरी परिचालनतर्फ हेर्दा विपद् व्यवस्थापनमा २६३ जना प्रहरी परिचालन गरिएको छ । सबैभन्दा धेरै चट्याङका घटनामा ११५ जना प्रहरी खटिएका छन् भने आगलागीमा ६०, जनावर आक्रमणमा २३, पहिरोमा २२ र हावाहुरीमा १५ जना प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ३ : ३६ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष