माइतीघरमा श्रीमतीमाथि हातपात भयो, निष्पक्ष छानबिन होस्, नत्र प्रतिरोध गरिनेछ : महेश बस्नेत « Khabarhub

माइतीघरमा श्रीमतीमाथि हातपात भयो, निष्पक्ष छानबिन होस्, नत्र प्रतिरोध गरिनेछ : महेश बस्नेत


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतले आज माइतीघर मण्डलामा श्रीमती अम्बिकासहित केही महिलामाथि गालीगलौज र हातपात भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै सचिव बस्नेतले आफू र आफ्नो परिवारमाथि गरिएको साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्यूरो जाने क्रममा माइतीघर मण्डलामा श्रीमती अम्बिकासहित केही महिलामाथि हातपात भएको दाबी गरेका छन् ।

उनले माइतीघर मण्डलामा केही व्यक्तिले आफ्नी श्रीमतीसहित केही महिलालाई गालीगलौज गर्नुका साथै हातपात समेत गरेको आरोप लगाएका छन् । माइतीघर मण्डलाको भिडभाड झ्यालबाट हेर्दै गर्दा केटा मान्छेसमेत त्यहाँ उपस्थित भीडले आफ्नी श्रीमतीसहितका महिलामाथि हातपात गरेको बस्नेतको जिकिर छ ।

घटनापछि उल्टै अम्बिकासहित आठ जनालाई प्रहरीले गिरफ्तार गरेको बस्नेतको भनाइ छ । बस्नेतले यस घटनालाई केही सञ्चार माध्यमहरूले गलत ढंगले प्रस्तुत गर्दै भ्रामक प्रचार गरिरहेको भन्दै दुःख र आपत्ति प्रकट गरेका छन् ।

माइतीघर मण्डलाजस्तो सार्वजनिक स्थललाई मन नपरेका व्यक्तिलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने थलोका रूपमा प्रयोग गरिनु निन्दनीय रहेको उनको भनाइ छ ।

यस्तो संवेदनशील विषयमा सरकार मौन दर्शक बनेर बस्नु उपयुक्त नहुने भन्दै उनले पीडित आफैँले न्याय खोज्नुपर्ने अवस्था सिर्जना हुनु, उल्टै उनीहरूमाथि हातपात हुनु र गिरफ्तार गरिनु कुनै पनि लोकतान्त्रिक समाजका लागि राम्रो संकेत नभएको बताएका छन् ।

‘सम्बन्धित निकायले यस विषयमा गम्भीर ध्यान दिई निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु आवश्यक छ । अन्यथा, सशक्त प्रतिरोध गरिनेछ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसअघि महेश बस्नेतमाथि बलात्कारको आरोप लगाउँदै आएकी शोभा पाठक र अम्बिकाबीच माइतीघर मण्डलामा हात हालाहाल भएको भिडियो सोमबार दिउँसो भाइरल भएको थियो । घटनापछि शोभा पाठकलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ भने अम्बिका बस्नेतसहित केही महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ३ : ५१ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा