गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु « Khabarhub

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका ठूला घरहरू  हटाउने अभियान पुनः सुरु गरिएको छ । 

यसअघि शनिबार, आइतबार राति अबेरसम्म सञ्चालन गरिएको घर भत्काउने कार्य नसकिएकाले आजदेखि पुनः सुरु गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । अझै धेरै संरचना हटाउन बाँकी रहेकाले दिउँसोदेखि पुनः भत्काउन थालिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए ।

उनले भने,  ‘हामीले शनिबार र हिजो आइतबार राति अबेरसम्म केही ठूला घरहरू भत्कायौँ, तर अझै धेरै संरचना बाँकी थिए । अहिले फेरि निरन्तर रूपमा काम अगाडि बढाएका छौँ ।’ 

गैरीगाउँ क्षेत्रमा दर्जनौँ ठूला स्थायी घर निर्माण गरिएकाले भत्काउने कार्य चुनौतीपूर्ण बनेको महानगर प्रहरीले जनाएको छ । अहिले यहाँ दुई वटा ठूला डोजर तथा हेभी मेसिनको प्रयोग गरेर संरचना भत्काउने काम भइरहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ३ : ५३ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो