सांसदहरूको सुझाव : निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र अघि बढाऔं « Khabarhub

सांसदहरूको सुझाव : निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र अघि बढाऔं


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले निजी क्षेत्रको मनोबल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने सुझाव दिएका छन् । 

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरूले निजी क्षेत्रको मनोबल अहिले खस्किएको भन्दै मनोबल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने सुझाव दिएका हुन् । साथै उनीहरूले आगामी बजेटलाई नजितामूखी बनाउन केन्द्रित गर्नुपर्ने धारणा समेत राखेका छन् ।

बैठकमा सांसद लिमा अधिकारीले निजी क्षेत्रको मनोबल उच्च बनाउन सके मात्रै आर्थिक क्षेत्र चलायमान हुने भएकाले यसमा ध्यान दिनुपर्ने र समितिका तर्फबाट पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

उनले मुलुकको कर प्रणाली सुधारका साथै अर्थतन्त्रको दायरा बढाउने विषयमा पनि विज्ञहरूसँग छलफल गर्नुपर्ने सुझाव दिए । वित्तीय सुशासन कायम गर्न निगरानीमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

त्यस्तै सांसद पुष्पराज कंडेलले अत्यावश्यक भन्दा पनि अन्य ठाउँमा स्रोत विनियोजन गर्ने प्रवृत्तिलाई रोक्नुपर्ने बताए । साधन स्रोत विनियोजनमा हुने दुरुपयोग रोक्नका लागि पनि आगामी दिनमा ध्यान दिनुपर्ने उनले बताए ।

त्यस्तै अन्य समिति सदस्यहरूले बजेट विनियोजन पारदर्शी बनाउन समितिले पनि प्रभावकारी रुपमा काम गर्नुपर्ने सुझाव दिएका छन् । बैठकमा समितिको कार्यक्षेत्रका साथै आगामी कामकारबाहीका बारेमा छलफल भएको थियो । 

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ६ : १९ बजे

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई