बालेनलाई रविको सन्देश : जनताको विश्वास जित्न सके सरकार सञ्चालन सहज र प्रभावकारी हुन्छ « Khabarhub

बालेनलाई रविको सन्देश : जनताको विश्वास जित्न सके सरकार सञ्चालन सहज र प्रभावकारी हुन्छ


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको विश्वास जित्न सके सरकार सञ्चालन थप सहज र प्रभावकारी हुने बताएका छन्।

लामिछानेले नेता व्यक्तिगत रूपमा सबै नागरिकको घरमा पुग्न नसक्ने भए पनि पार्टीका नीति र सरकारका कार्यक्रम भने जनतासम्म पुग्नुपर्नेमा जोड दिए।

बालेन शाह नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गर्दै नागरिकमा भरोसा कायम हुनु सकारात्मक संकेत भएको बताए।

उनले भने, ‘म व्यक्तिगत रूपमा हरेक घरमा पुग्न सक्दिनँ, तर हाम्रो नीति र सरकारका कामहरू जनतासम्म पुग्नुपर्छ। सरकारले जनताका लागि राम्रो काम गर्छ भन्ने विश्वासको वातावरण बन्नु ठूलो कुरा हो।’

सरकार गठन र पतन राजनीतिक प्रक्रियाको सामान्य हिस्सा भए पनि जनताको विश्वास जितेको सरकार हुनु सबैभन्दा महत्वपूर्ण हुने उनले बताए ।

विगतमा दुईतिहाइ बहुमतका सरकारहरू पनि टिक्न नसकेको उदाहरण दिँदै उनले विश्वास बलियो भए शासन सञ्चालन सहज हुने धारणा राखे।

लामिछानेले परिवर्तनको प्रक्रियामा केही कठिनाइ स्वाभाविक हुने बताए। उनले दीर्घकालीन सोचका साथ काम गर्नुपर्ने भन्दै अहिलेको प्रयासको लाभ आगामी पुस्ताले पाउने उल्लेख गरे।

‘सरकार बन्ने र ढल्ने कुरा सामान्य हो। तर जनताको विश्वास भएको सरकार भए काम गर्न धेरै सजिलो हुन्छ’, उनले भने, ‘परिवर्तन गर्दा केही कठिनाइ आउँछ, तर त्यसको राम्रो परिणाम भविष्यमा देखिन्छ। हामीले चुनावदेखि चुनावसम्म मात्रै होइन, पुस्तादेखि पुस्तासम्म सोचेर काम गर्नुपर्छ।’

उनले वर्तमान पुस्ताले केही चुनौती सहनु परे पनि भावी पुस्तालाई सहज अवस्था दिनुपर्ने पनि बताएका छन्।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ७ : ०२ बजे

मेटामा प्राविधिक गडबडी : फेसबुक र इन्स्टाग्राम चल्नै छाडे

काठमाडौं- मेटाको मुख्य एप, वेबसाइट र म्यासेन्जरमा अचानक आएको ठूलो

युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी

नयाँ दिल्ली- भारतमा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच

‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’

काठमाडौं- प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूले बोली, वचन र व्यवहारमा