निर्माण क्षेत्रको संकटप्रति सरकार गम्भीर : मुख्यमन्त्री कार्की « Khabarhub

निर्माण क्षेत्रको संकटप्रति सरकार गम्भीर : मुख्यमन्त्री कार्की


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशले आज निर्माण क्षेत्रको समस्या समाधानका लागि ज्ञापनपत्र बुझाएको छ ।

मुख्यमन्त्री कार्कीसहित प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनवारलाई महासङ्घका प्रदेश अध्यक्ष जनसेवक भण्डारीसहितको टोलीले  पेट्रोलियम पदार्थलगायत निर्माण उद्योगलाई आवश्यक सामग्रीको मूल्य वृद्धिअनुसार मूल्य समायोजन एवं म्याद थपका लागि ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

टोलीले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्री सुनुवारसँग अलगअलग भेट गरेर ज्ञापनपत्र बुझाएको हो । मुख्यमन्त्री कार्कीले ज्ञापनपत्र बुझ्दै ज्ञापनपत्र बुझ्दै निर्माण क्षेत्रमा देखिएको संकटप्रति सरकार गम्भीर रहेको बताए। 

उनले व्यवसायीहरूले उठाएका विषयलाई प्राथमिकताका साथ अध्ययन गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले निर्माण क्षेत्र एवं पूर्वाधार विकासमा देखिएको संकटले सबै क्षेत्रलाई असर पार्ने धारणा राखे। त्यसैगरी भौतिक पूर्वाधार विकासमन्त्री सुनुवारले निर्माण व्यवसायीको माग जायज रहेकाले समस्या समाधानका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए। 

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ७ : १८ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा