असिना–पानीले क्षतिग्रस्त बालीको अनुगमन « Khabarhub

असिना–पानीले क्षतिग्रस्त बालीको अनुगमन


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– शनिबार र आइतबारको असिना–पानीले क्षति पुर्यायको धुलिखेल र पनौती नगरपालिका क्षेत्रका बालीको अनुगमन गरिएको छ । 

प्रतिनिधिसभा सांसद मधुकुमार चौलागाईंसहित स्थानीय जनप्रतिनिधि, जिल्ला कृषि विकास कार्यालयका प्राविधिलगायतको टोलीले दुवै नगर क्षेत्रका विभिन्न स्थानमा पुगेर आज क्षतिको अनुगमन गरेका हुन् । 

त्यस क्रममा धुलिखेलको वडा नं १, ११ र १२ तथा पनौतीको वडा नं ६, ८, ९ र १० का खेतबारीमा लगाइएको आलु तथा तरकारीखेती र अन्य फलफूलमा पुगेको क्षतिबारे जानकारी लिइएको थियो । 

अनुगमनका क्रममा सांसद चौलागाईँले क्षतिको यकिन विवरण वडा कार्यालयलाई उपलब्ध गराउन आग्रह गरे। 

‘क्षतिको यकिन विवरण आएपछि पीडित कृषकलाई भेदभाव नगरी राहत उपलब्ध गराउन पहल गर्छु, यसका लागि संसद्मा पनि विषय उठान गर्नेछु’, उनले भने,’प्रारम्भिक रूपमा हेर्दा कृषकको ९५ प्रतिशत आलुबाली तथा अन्य फलफूलमा क्षति पुगेको पाइएको छ ।’

पनौती–१० सुन्धान ईट्टेका अप्सरा कुँवरले आफ्नो संयुक्त परिवारको करिब १५ रोपनी खेतको आलुबाली असिना–पानीले क्षतिग्रस्त बनाएको जानकारी गराए । उनले सूडीखोला छेउमा भएकाले आफ्नो आलुखेत डुबानमा परी बर्सेनि क्षति हुने गरेको गुनासो गरे। जवाफमा सांसद खोला व्यवस्थित गर्नका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए। 

यसैबीच जिल्ला कृषि विकास कार्यालयले वर्षाका कारण बालीनाली तथा फलफूलमा पुगेको क्षतिको विवरण संकलन थालिएको जनाएको छ । स्थानीय तहसँग समन्वय गरी क्षतिको विवरण लिन थालिएको कार्यालयका अधिकृत रामशरण मिजारले जानकारी दिए ।
 

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ७ : ३६ बजे

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौं – नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका