आज २०८३ साल जेठ १३ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ १३ गते बुधबारको राशिफल


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -२०८३ साल १३ गते बुधबार अधिक जेठ शुक्ल पक्षको एकादशी तिथि। तदनुसार सन् २०२६ मे २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : हरेक कुरामा अवरोध हुनसक्ने जोखिम छ। एकल निर्णय घातक हुन सक्छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा साथीले असहयोग गर्ने भएकाले सचेत बन्नुपर्नेछ।

वृष : दिन राम्रो छ। धन कमाउने अवसर प्राप्त हुनेछ। बोलीमा मात्र सुधार गरेमा योजना दीर्घकालीन बन्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। व्यापारमा गरेको सहकार्यबाट फाइदा हुनेछ। खर्च कटौती गर्नु उचित हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ।

कर्कट : तपाईंको बोलीको प्रभावले काम बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। लगानी गरेको भए व्यवसायमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। तपाईंले गरेको श्रमको उचित मूल्यांकन हुनेछ। ठुलाले आदर गर्नेछन् भने सानाबाट सत्कार मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्या :आज मानसम्मान मिल्ने दिन छ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। परिवारका लागि कर्तव्य मात्र पूरा गर्नुपर्ने समय आएको छ। साथीभाइले सहयोग गर्नेछन्।

तुला : खर्च बढ्नेछ। औषधी नियमित गर्न सकेमा स्वास्थ्यमा सुधार हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयासले तपाईंलाई सचेत गराउने छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

वृश्चिक : आज शुभ दिन परेको छ। शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए नाम र दाम दुवै प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

धनु : दिन सहज छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। विपक्षीको आवाज शान्त भएकाले तपाईंको काम सहजै बन्नेछ। परिवारसँग घुमघामको अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

मकर : दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु उचित हुनेछ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हु्नेछ। पिपल भेटिए दाहिनु पारेर घुम्नु उचित हुनेछ।

कुम्भ : शुभग्रहको बहुमत छ। यात्रा सफल हुनेछ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बोलीमा नम्रता भए महत्त्वपूर्ण काम बन्नेछ।

मीन : आज शुभ समाचार सुन्न पाइनेछ । मनमा लागेका कुरा भने कसैलाइ भन्नुपर्नेछ । कतै घुमफिरमा जाने मैाका मिल्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ५ : १५ बजे

प्रशिक्षकले सन ह्युङ मिनको नाममा खेलेको ‘जुवा’, जसले डुबायो दक्षिण कोरियालाई

मोन्टेरे, मेक्सिको- दक्षिण कोरियाले बुधबार दक्षिण अफ्रिकाविरुद्ध पराजय मात्र टारेको

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय