गोप्य अंग सफा गर्न भि-वास प्रयोग गर्नुहुन्छ ? सावधान, यसले हानि पनि पुर्‍याउन सक्छ  « Khabarhub

गोप्य अंग सफा गर्न भि-वास प्रयोग गर्नुहुन्छ ? सावधान, यसले हानि पनि पुर्‍याउन सक्छ 



काठमाडौं– पछिल्लो समय धेरै महिलाहरू र किशोरीहरूले भि-वास  प्रयोग गर्दा गोप्य अंग अझ सफा हुन्छ भन्ने सोच्ने गर्छन् । तर वास्तवमा महिलाको योनी आफैं सफा हुने अंग हो । त्यसैले बारम्बार  भि वास प्रयोग गर्नु आवश्यक हुँदैन । 

योनीभित्र राम्रो जीवाणु  हुन्छन्, जसले संक्रमण हुनबाट जोगाउँछन् । तर भि-वासमा भएका केमिकल र सुगन्धले यी राम्रो जीवाणु नष्ट गर्न सक्छन्। त्यसपछि चिलाउने, पोल्ने, सुख्खा हुने, रातो हुने वा दुर्गन्ध आउने समस्या देखिन सक्छ। कहिलेकाहीँ संक्रमण झन् बढ्न पनि सक्छ ।

विशेषज्ञहरूका अनुसार गोप्य अंगको बाहिरी भाग सफा पानीले धुनु नै पर्याप्त हुन्छ । योनीभित्र पानी वा अन्य पदार्थ हालेर सफा गर्नु भने हानिकारक हुन सक्छ ।

महिलाको स्वास्थ्यका लागि 

 सफा सुतीको अन्डरवेयर लगाउने

 दैनिक सरसफाइ गर्ने

 शरीरलाई सुख्खा राख्ने

 पर्याप्त पानी पिउने

स्वस्थ खाना खाने 

जस्ता बानीहरू उपयोगी मानिन्छन् । यदि धेरै चिलाउने, पोल्ने, दुर्गन्ध आउने वा असामान्य सेतो पानी आउने समस्या भएमा डाक्टरसँग सल्लाह लिनुपर्छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  १ : ०४ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित