गोप्य अंग सफा गर्न भि-वास प्रयोग गर्नुहुन्छ ? सावधान, यसले हानि पनि पुर्‍याउन सक्छ  « Khabarhub

गोप्य अंग सफा गर्न भि-वास प्रयोग गर्नुहुन्छ ? सावधान, यसले हानि पनि पुर्‍याउन सक्छ 



काठमाडौं– पछिल्लो समय धेरै महिलाहरू र किशोरीहरूले भि-वास  प्रयोग गर्दा गोप्य अंग अझ सफा हुन्छ भन्ने सोच्ने गर्छन् । तर वास्तवमा महिलाको योनी आफैं सफा हुने अंग हो । त्यसैले बारम्बार  भि वास प्रयोग गर्नु आवश्यक हुँदैन । 

योनीभित्र राम्रो जीवाणु  हुन्छन्, जसले संक्रमण हुनबाट जोगाउँछन् । तर भि-वासमा भएका केमिकल र सुगन्धले यी राम्रो जीवाणु नष्ट गर्न सक्छन्। त्यसपछि चिलाउने, पोल्ने, सुख्खा हुने, रातो हुने वा दुर्गन्ध आउने समस्या देखिन सक्छ। कहिलेकाहीँ संक्रमण झन् बढ्न पनि सक्छ ।

विशेषज्ञहरूका अनुसार गोप्य अंगको बाहिरी भाग सफा पानीले धुनु नै पर्याप्त हुन्छ । योनीभित्र पानी वा अन्य पदार्थ हालेर सफा गर्नु भने हानिकारक हुन सक्छ ।

महिलाको स्वास्थ्यका लागि 

 सफा सुतीको अन्डरवेयर लगाउने

 दैनिक सरसफाइ गर्ने

 शरीरलाई सुख्खा राख्ने

 पर्याप्त पानी पिउने

स्वस्थ खाना खाने 

जस्ता बानीहरू उपयोगी मानिन्छन् । यदि धेरै चिलाउने, पोल्ने, दुर्गन्ध आउने वा असामान्य सेतो पानी आउने समस्या भएमा डाक्टरसँग सल्लाह लिनुपर्छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  १ : ०४ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा