चीनले समर्थन गर्दा अमेरिकाले उठायो पाकिस्तानको भूमिकामा प्रश्न « Khabarhub

चीनले समर्थन गर्दा अमेरिकाले उठायो पाकिस्तानको भूमिकामा प्रश्न


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– इरानसँगको युद्ध टुंग्याउन पाकिस्तानले खेलेको भूमिकाको चीनले प्रशंसा गर्दा अमेरिकी पक्ष असन्तुष्ट देखिएको छ।

चीनका विदेशमन्त्री वाङ यीले अमेरिका र इरानबीच जारी तनाव कम गर्न पाकिस्तानसहित अन्य देशहरूको मध्यस्थताको चीनले समर्थन गर्ने बताएका छन्।

वाङ यीले लामो समयदेखि चल्दै आएको विवाद एकै दिनमा समाप्त नहुने तर संवादका प्रत्येक कदमले शान्तिको आशा बढाउने बताएका छन्।

उनले सबै पक्ष युद्धविराम र वार्ताको दिशामा अघि बढ्ने अपेक्षा व्यक्त गर्दै पश्चिम एसियामा छिट्टै शान्ति फर्कियोस् भन्ने आशा पनि व्यक्त गरे।

यसका साथै चीनका विदेशमन्त्रीले हालै पाकिस्तानका फिल्ड मार्शल असीम मुनीरसँग पनि भेट भएको जानकारी दिएका छन्। मुनीरले उनलाई इरान भ्रमण र तेहरान–वाशिङ्टन तनावसँग सम्बन्धित अवस्थाबारे जानकारी गराएका थिए।

अमेरिकी सांसदले उठाए प्रश्न

उता अमेरिकी सांसद लिन्डसे ग्राहमले मध्यस्थता गरिरहेको पाकिस्तानको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले पाकिस्तानको इजरायलप्रति पुरानो विरोध र इरानी सैन्य विमानलाई पाकिस्तानी एयरबेसमा स्थान दिएको भन्ने खबरहरू चिन्ताजनक भएको बताएका छन्।

ग्राहमले सामाजिक सञ्जालमा पोस्ट गर्दै पाकिस्तानले राष्ट्रपति ट्रम्पलाई छिट्टै जवाफ दिनुपर्ने र अब्राहम सम्झौतामा सहभागी हुने वा नहुने स्पष्ट पार्नुपर्ने बताएका छन्।

ट्रम्पले हालै पाकिस्तानलाई अब्राहम सम्झौतामा सामेल हुन आग्रह गरेका थिए। अब्राहम सम्झौता इजरायल र अरब देशहरूबीचको दुश्मनी अन्त्य गर्दै इजरायललाई मान्यता दिने तथा आपसी मित्रता र व्यापार बढाउने ऐतिहासिक सम्झौता हो।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  २ : ०० बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने