प्रतिहजार जनसंख्यामा चिकित्सक र नर्सको संख्या बढ्यो « Khabarhub

आर्थिक सर्वेक्षण

प्रतिहजार जनसंख्यामा चिकित्सक र नर्सको संख्या बढ्यो


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको उपलब्धता अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको छ।

सर्वेक्षणअनुसार २०८२ फागुनसम्म नेपाल मेडिकल काउन्सिल र नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीका आधारमा प्रतिहजार जनसंख्यामा १.८६ चिकित्सक र ४.४२ नर्स रहेका छन्।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो संख्या क्रमशः १.१ चिकित्सक र २.८६ नर्स मात्र थियो।

सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार स्वास्थ्य सेवामा जनशक्तिको विस्तारसँगै आधारभूत तथा विशेषज्ञ सेवामा पहुँच पनि क्रमशः सुधार हुँदै गएको छ।

आर्थिक सर्वेक्षणले २०८२ फागुनसम्म सरकारी सेवामा डाक्टर, नर्स, अनमी, वैद्य, स्वास्थ्य सहायक तथा महिला स्वास्थ्य स्वयंसेविकासहित कुल १ लाख ४ हजार ७५६ स्वास्थ्य जनशक्ति कार्यरत रहेको जनाएको छ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  २ : १५ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो