गणतन्त्र दिवसको मञ्चबाट प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्नपर्छ : प्रथम राष्ट्रपति यादव « Khabarhub

गणतन्त्र दिवसको मञ्चबाट प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्नपर्छ : प्रथम राष्ट्रपति यादव


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकलाई अघि बढाउने योजना प्रधानमन्त्रीबाट सुन्न जनता आतुर रहेको बताएका छन् । 

नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले राष्ट्रको आगामी दिशा, गणतन्त्र, लोकतन्त्र, संघीयता, समावेशी र संघर्षको उपलब्धि लगायतका विषयमा प्रधानमन्त्रीको धारणा सुन्न जनता आतुर रहेको बताएका हुन् । 

अहिलेसम्म संसदबाट पनि सम्बोधन नभएको अवस्थामा गणतन्त्र दिवसको मञ्च टुँडिखेलबाट प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्नुपर्ने उनले बताए । 

उनले संसदीय प्रणालीमा संसदबाट निर्वाचित प्रधानमन्त्रीले संसदमा समेत आएर सम्बोधन गर्नुपर्ने उल्लेख गरे।  

पूर्वराष्ट्रपति यादवले संविधान, संघीयता सहित समावेशी, समानुपातिक सहित धर्मनिरपेक्षताको बारेमा धेरै टीकाटिप्पणी भइरहेको अवस्थामा लोकतन्त्र र गणतन्त्रलाई सबलीकरण गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए  । 

उनले संविधान निर्माण गर्ने क्रममा महत्त्वपूर्ण भूमिका खेलेका दलहरूले बीचको अवधिमा जनताको नाडी छाम्न नसकेका कारण रास्वपालाई जनताले मत दिएको धारणा राखे । 

अव जनताले विश्वास गरेको दलले जनताको विश्वास जित्दै मुलुकको परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने उनले बताए । 

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ४ : ०७ बजे

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निम्सदाइको शव

काठमाडौं- पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा