इजरायल र हिजबुल्लाहबीच दक्षिण लेबनानमा झडप, १२ जनाको मृत्यु « Khabarhub

इजरायल र हिजबुल्लाहबीच दक्षिण लेबनानमा झडप, १२ जनाको मृत्यु


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बेरुत – इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच दक्षिण लेबनानको रणनीतिक महत्व बोकेको लितानी नदी क्षेत्रमा मङ्गलबार तीव्र झडप भएको छ । इजरायली सेना थप उत्तरतर्फ अघि बढ्दै गएपछि दुवै पक्षबीच तनाव झन् बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम पछिल्ला दिनहरूमा कमजोर बन्दै गएको देखिएको छ । यही अवस्थाले क्षेत्रीय शान्ति प्रयासलाई थप जटिल बनाएको विश्लेषण गरिएको छ । इरानले लेबनानमा जारी सङ्घर्ष अन्त्यसमेत समेटिने गरी व्यापक सम्झौता हुनुपर्ने अडान राख्दै आएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षा अधिकारीहरूसँगको बैठकपछि लेबनानमा सैन्य कारबाही अझ विस्तार गरिने बताउनुभएको छ । उहाँले इजरायली सेना दक्षिण लेबनानका रणनीतिक क्षेत्रहरू नियन्त्रणमा लिन सक्रिय रहेको उल्लेख गर्दै उत्तरी सीमावर्ती बस्तीलाई हिजबुल्लाहको रकेट तथा ड्रोन आक्रमणबाट जोगाउन यस्तो कदम आवश्यक रहेको दाबी गरे ।

यसैबीच, इजरायली सेनाले दक्षिण लेबनान र पूर्वी बेका क्षेत्रमा रातभर १०० भन्दा बढी हिजबुल्लाह लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ । ती आक्रमणमा हतियार भण्डारण स्थल, कमाण्ड केन्द्र तथा निगरानी चौकीहरू निशाना बनाइएको बताइएको छ ।

लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार, पूर्वी गाउँ मश्घारामा गरिएको एक हवाई आक्रमणमा एउटै परिवारका सदस्यसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनापछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ ।

दक्षिण लेबनानको अवस्था लगातार तनावपूर्ण बन्दै गइरहेको छ भने युद्धविराम पूर्ण रूपमा विफल हुने खतरा बढ्दै गएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ८ : १७ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको