वैभव सूर्यवंशीले तोडे क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान « Khabarhub

आईपीएल

वैभव सूर्यवंशीले तोडे क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच एलिमिनेटर खेल भइरहेको छ। यो खेल हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने जित्ने टोली २९ मे मा गुजरात टाइटन्ससँग क्वालिफायर–२ खेल्नेछ ।

पञ्जाबको मुल्लांपुरस्थित महाराजा यादविन्द्र सिंह स्टेडियममा भइरहेको खेलमा टस जितेर सनराइजर्स हैदराबाद ले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

पहिलो इनिङ्समा राजस्थान रोयल्स ले आक्रामक सुरुवात गर्दै ९ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १२९ रन बनाएको छ । यशस्वी जायसवाल र ध्रुव जुरेल क्रिजमा छन् ।

यस क्रममा वैभव सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा ९७ रन बनाएर आउट भए । उनले एकै आईपीएल सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । क्रिस गेलले सन् २०१२ मा ५९ छक्का प्रहार गरेका थिए भने सूर्यवंशीले यस सिजन ६५ छक्का प्रहार गरिसकेका छन् ।

अब खेलको दोस्रो चरणमा सनराइजर्स हैदराबादले लक्ष्य पछ्याउने वा राजस्थान रोयल्सले अझ ठूलो स्कोर बनाउने भन्ने निर्णायक हुनेछ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ८ : ४३ बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले