वैभव सूर्यवंशीले तोडे क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान « Khabarhub

आईपीएल

वैभव सूर्यवंशीले तोडे क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच एलिमिनेटर खेल भइरहेको छ। यो खेल हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने जित्ने टोली २९ मे मा गुजरात टाइटन्ससँग क्वालिफायर–२ खेल्नेछ ।

पञ्जाबको मुल्लांपुरस्थित महाराजा यादविन्द्र सिंह स्टेडियममा भइरहेको खेलमा टस जितेर सनराइजर्स हैदराबाद ले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

पहिलो इनिङ्समा राजस्थान रोयल्स ले आक्रामक सुरुवात गर्दै ९ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १२९ रन बनाएको छ । यशस्वी जायसवाल र ध्रुव जुरेल क्रिजमा छन् ।

यस क्रममा वैभव सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा ९७ रन बनाएर आउट भए । उनले एकै आईपीएल सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । क्रिस गेलले सन् २०१२ मा ५९ छक्का प्रहार गरेका थिए भने सूर्यवंशीले यस सिजन ६५ छक्का प्रहार गरिसकेका छन् ।

अब खेलको दोस्रो चरणमा सनराइजर्स हैदराबादले लक्ष्य पछ्याउने वा राजस्थान रोयल्सले अझ ठूलो स्कोर बनाउने भन्ने निर्णायक हुनेछ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ८ : ४३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल