तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट « Khabarhub

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा पनि वन्यजन्तु बिरामी पर्ने, अस्पताल भर्ना हुने तथा मृत्यु हुने जोखिम उल्लेखनीय रूपमा बढ्ने देखाएको छ । अनुसन्धानले जलवायु परिवर्तनका कारण वन्यजन्तुमाथि गम्भीर खतरा बढ्दै गएको चेतावनी दिएको छ ।

सिड्नी विश्वविद्यालयको नेतृत्वमा गरिएको अध्ययनमा न्यू साउथ वेल्स राज्यका करिब १२ हजार वन्यजन्तुको दुई दशकको स्वास्थ्य अभिलेख विश्लेषण गरिएको थियो । अध्ययनअनुसार औसत तापक्रम २७ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि बिरामी हुने र मृत्यु दर बढ्न थालेको पाइएको छ ।

अनुसन्धानले ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा अस्पताल भर्ना हुने वा मृत्यु हुने सम्भावना २५ डिग्रीको तुलनामा १।५ देखि ३।५ गुणासम्म बढी हुने देखाएको छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनसँगै बढ्दो गर्मीबाट वन्यजन्तुको संरक्षणका लागि तत्काल प्रभावकारी कदम आवश्यक रहेको बताएका छन् ।

अध्ययनमा सबैभन्दा बढी असर उत्तर–पश्चिमी भित्री क्षेत्रमा देखिएको छ, जहाँ बढ्दो तापक्रम र खडेरीका कारण वन्यजन्तुको संख्या तीव्र रूपमा घटिरहेको छ । अनुसन्धानकर्ताहरूका अनुसार रोग, वन विनाश र चरम गर्मीले वन्यजन्तुको जोखिम अझ बढाएको छ ।

अनुसन्धानकर्ता भ्यालेन्टिना मेल्लाले छोटो समयसम्म तातो मौसम सहन सकिए पनि दीर्घकालमा यस्तो अवस्था टिकाउ नहुने बताए । उनले भने,“यदि समयमै संरक्षणका उपाय अपनाइएन भने बढ्दो गर्मीले सङ्कटमा रहेका वन्यजन्तुलाई विलुप्तिको नजिक पु¥याउन सक्छ ।”

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  १० : ५७ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको