अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड « Khabarhub

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकारवाला सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन्।

धनगढीमा शनिबार आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्‌घाटन गर्दै मुख्यमन्त्री शाहले नागरिकको जीउधनको सुरक्षा र राज्यको सुरक्षा गर्ने दायित्व सरकार, सुरक्षा निकाय, न्यायपालिका तथा सञ्चार क्षेत्र सबैको साझा जिम्मेवारी भएको बताए।

उनले राज्यका सबै निकाय एकअर्काका परिपूरक भएकाले आपसी समन्वय र सहकार्यबाट मात्रै प्रभावकारी नतिजा हासिल गर्न सकिने उल्लेख गरे।

‘जनताको सुरक्षालाई केन्द्रमा राखेर काम गर्न सकिए राज्यप्रति नागरिकको विश्वास अझ मजबुत हुन्छ,’ उनले भने।

मुख्यमन्त्री शाहले अपराध अनुसन्धान प्रणालीलाई समयसापेक्ष, व्यावसायिक र नतिजामुखी बनाउन आवश्यक रहेकोमा जोड दिँदै अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउने दिशामा सम्बन्धित निकायले समन्वित रूपमा काम गर्नुपर्ने बताए।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  २ : ११ बजे

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका