अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती « Khabarhub

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देशबीच पुनः सैन्य तनाव चर्किएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको छ । इरानी पक्षले थप आक्रमण भए आफ्नो प्रतिक्रिया अझ व्यापक हुने चेतावनी दिएको छ ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले इरानी क्षेप्यास्त्र तथा ड्रोन भण्डारणस्थल र तटीय राडार प्रणालीमाथि आक्रमण गरिएको पुष्टि गर्दै त्यसलाई 

‘ स्ट्रेट अफ हर्मुज’  हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफ भएको जनाएको छ । सेन्टकमले इरानको गतिविधिलाई युद्धविरामको उल्लङ्घनसमेत भनेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथिको ड्रोन आक्रमणको निन्दा गर्दै त्यसलाई युद्धविराम सम्झौताविपरीतको कदम भएको बताए । उपराष्ट्रपति जेडी भान्सले पनि इरानबाट थप आक्रमण भए कडा जवाफ दिइने चेतावनी दिएका छन् ।

यसैबीच इरानले ‘ स्ट्रेट अफ हर्मुज’ मार्फत आवतजावत गर्ने जहाजलाई अनुमति नलिई यात्रा नगर्न चेतावनी दिएको छ । यद्यपि जलमार्गबाट जहाजहरूको आवतजावत जारी रहेको जनाइएको छ  ।  

तनाव बढे पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । ‘ स्ट्रेट अफ हर्मुज’  हुँदै विश्वको २० प्रतिशतभन्दा बढी तेल तथा ग्यास निर्यात हुने भएकाले त्यहाँको अवस्थालाई विश्व बजारले नजिकबाट नियालिरहेको छ ।

यसैबीच इजरायल, लेबनान र संयुक्त राज्य अमेरिकाबीच शुक्रबार सम्पन्न त्रिपक्षीय सम्झौताले लेबनान–इजरायल सीमामा शान्ति प्रक्रियाको आधार तयार गरेको छ । 

सम्झौतामा लेबनानी सेनाले इजरायलको नियन्त्रणमा रहेका दुई क्षेत्रमा सुरक्षा जिम्मेवारी सम्हाल्ने तथा हिज्बुल्लाहको निशस्त्रीकरण प्रक्रिया अघि बढाउने व्यवस्था गरिएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उक्त सम्झौताले स्थायी शान्तिको आधार तयार गरेको बताए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि सम्झौतालाई सकारात्मक भन्दै हिज्बुल्लाह निशस्त्र नभएसम्म इजरायली सेना आफ्नो सुरक्षा क्षेत्रमा रहने स्पष्ट पारे।

यद्यपि हिज्बुल्लाहले उक्त सम्झौताको विरोध गर्दै यसले क्षेत्रीय शान्ति प्रक्रियालाई कमजोर पार्ने दाबी गरेको छ ।

यसैबीच अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आईएईए० का महानिर्देशक राफायल ग्रोसीले अमेरिका–इरानबीच हुने कुनै पनि अन्तिम सम्झौतामा इरानले आणविक हतियार विकास नगर्ने सुनिश्चित गर्न कडा अनुगमन संयन्त्र आवश्यक पर्ने बताए ।

अन्तरिम सहमतिअनुसार इरानसँग रहेको ६० प्रतिशतसम्म समृद्ध करिब ४४० किलोग्राम युरेनियमलाई आईएईएको निगरानीमा कम समृद्ध बनाइने व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  २ : ४४ बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा