अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा « Khabarhub

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा भएको अमेरिकी हवाई आक्रमणको जवाफमा अमेरिकी सैन्य स्थानहरूलाई लक्षित गरी आक्रमण गरेको घोषणा गरेको इरान समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

यसैबीच इरानको इस्लामिक परामर्शदात्री सभाका सदस्य इब्राहिम अजिजीले  अमेरिका युद्धविरामका लागि प्रतिबद्ध नभएको उल्लेख गर्दै दोषारोपणको खेलले अबका दिनमा काम नगर्ने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले वार्ताको प्रक्रिया चलिरेको समयमा इरान माथि अमेरिकाले पुनः आक्रमण गरेको पुष्टि गर्दै अमेरिकी राष्ट्रपति वार्ता वा युद्धविरामको सिद्धान्तप्रति कुनै प्रतिबद्धता नभएको बताए । 

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यदि इरानसँग एमओयू कसरी लागू भइरहेको छ भन्ने बारे असहमति छ भने उनीहरूले फोन मार्फत पनि सल्लाह गर्न सक्ने बताए ।

उनले इरानले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको विषयमा सम्मान गर्दै उनीहरूसँग एमओयू कसरी लागू भइरहेको छ भन्ने बारे असहमति रहेमा फोन मार्फत समाधान गर्नु पर्ने तर हिंसाको सामना हिंसाका साथ नै हुने बताए । 

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल र लेबनानबिच त्रिपक्षीय फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेका थिए। 

सामाजिक सञ्जाल एक्समा उनले इजरायल र लेबनानबिचको ऐतिहासिक त्रिपक्षीय फ्रेमवर्क सम्झौताको हिस्सा हुन पाउँदा अमेरिकाले गर्व गरेको उल्लेख गर्दै अझै धेरै काम गर्न बाँकी रहेकाले शान्ति, समृद्धि र आपसी सहअस्तित्वको लागि अर्थपूर्ण कदम चालेका बताए । 

आइआरजिसी र नियमित इरानी सेनाको समन्वय गर्ने अपरेसनल कमान्ड सेन्टर, इरानको खातम अल–अन्बिया सेन्ट्रल हेडक्वार्टरका आधिकारिक सैन्य प्रवक्ता इब्राहिम अल–फिकारले यस पटक अमेरिकी आक्रमणमा इरानको कडा प्रतिक्रिया हुने बताए ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  २ : ५७ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न