काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए « Khabarhub

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२–८३ मा नौ हजार चार सय ४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन् । छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्याङ्कमा भारतीय पर्यटकको सङ्ख्या समावेश गरिएको छैन ।

नाकाबाट कूल ८६ देशका नागरिक आवतजावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन् । कूल आगमनको ५३ प्रतिशतअर्थात् चार हजार नौ सय ९४ जना भुटानी नागरिक रहेका छन् । यस्तै, दोस्रो स्थानमा अमेरिकाका नागरिक रहेका छन्, जहाँबाट २३ प्रतिशत अर्थात् दुई हजार एक सय ५२ जना पर्यटक भित्रिएको निमित्त प्रमुख राजवंशीले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार पूर्वी नाकामा पुस र माघ महिनालाई मुख्य पर्यटकीय यामको रूपमा लिइएको छ । सबैभन्दा बढी पुस महिनामा एक हजार आठ सय ५० जना पर्यटक नेपाल भित्रिएका थिए भने सबैभन्दा कम भदौ महिनामा दुई सय १६ जना मात्र आएका थिए ।

पुस र माघ महिनामा भुटानमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा वरपर रहेका आफन्त भेटघाट गर्न र पूर्वको पशुपतिनाथका रूपमा परिचित खोटाङको हलेसी महादेवको दर्शन एवं तीर्थयात्राका लागि आउने गरेकाले सो समयमा चाप बढेको निमित्त प्रमुख राजवंशीको भनाइ छ ।

अध्यागमन कार्यालयले सन् २०२४ अगस्टदेखि मात्र यस नाकाबाट पूर्ण रूपमा अध्यागमन सेवा सुरु गरेकाले धेरै विदेशी पर्यटकलाई यो नाका प्रयोग गर्नेबारे अझै पर्याप्त जानकारी भइनसकेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ७ : ११ बजे

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय