देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट « Khabarhub

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि जिल्लाका विभिन्न क्षेत्रमा तनाव चुलिएको छ। प्रदर्शनका क्रममा आगजनी, तोडफोड, लुटपाट र सडक अवरोधका घटना भएको बताइएको छ।

स्थानीयका अनुसार विशेषगरी कोशी कटान क्षेत्रमा रहेका पसलहरूमा तोडफोड, आगजनी र केही स्थानमा लुटपाटसमेत भएको छ। प्रदर्शनकारीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने अन्य सडकमा पनि टायर बालेर प्रदर्शन गरेका छन्।

घटनापछि स्थानीय प्रशासनले देवानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।

उता भोक्राहा नरसिंह गाउँपालिकाको अवस्था पनि तनावपूर्ण बनेको छ। वडा नम्बर ५, ६ र ७ मा हिन्दु र मुस्लिम समुदायका केही युवाबीच ढुंगामुढा भएको स्थानीयले बताएका छन्। उक्त क्षेत्र मुख्य बजारभन्दा भित्र पर्ने भएकाले सुरक्षाकर्मी तत्काल पुग्न नसकेको दाबी गरिएको छ।

कोशी गाउँपालिका–४, कटानस्थित पूर्वपश्चिम राजमार्गमा रहेका किराना पसलहरूमा आगलागी र लुटपाट भएको छ । जनप्रतिनिधिका अनुसार घटनामा तीन जनाको संलग्नता रहेको र सुरक्षाकर्मीलाई खबर गरिए पनि त्यहाँ अहिले पनि प्रदर्शन जारी छ ।

स्थानीयका अनुसार कोशी कटान क्षेत्रका केही व्यक्तिमाथि कुटपिट भएको छ भने भोक्राहा नगरपालिका–६ का करिम अन्सारीमाथि घरभित्रै प्रवेश गरेर कुटपिट गरिएको आरोप लगाइएको छ। केही स्थानीयका घरमा आगजनी भएको दाबी पनि गरिएको छ।

घटनापछि स्थानीयवासीले हिंसा थप फैलिन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्। घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याई निष्पक्ष छानबिन गर्नुपर्ने र कुनै पनि समुदायका निर्दोष व्यक्तिमाथि हुने हिंसा स्वीकार्य नहुने उनीहरूको भनाइ छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  २ : ५९ बजे

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए